हालसम्म तीन दलका १२ उम्मेदवार विजयी (सूचीसहित)
सारांश
- प्रतिनिधि सभा सदस्य निर्वाचनमा तीन दलका १२ जना उम्मेदवार निर्वाचित भएका छन्।
- निर्वाचन आयोगका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै क्षेत्रमा जित हासिल गरेको छ।
- रास्वपाका ७ जना, कांग्रेसका ३ जना र नेकपाका २ जना उम्मेदवार विजयी भएका छन्।
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार विभिन्न तीन राजनीतिक दलका १२ जना उम्मेदवारहरू निर्वाचित भएका छन् ।
निर्वाचन आयोगले शुक्रबार राति दिएको जानकारीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै क्षेत्रमा जित हासिल गरेको छ ।
उक्त पार्टीका ७ जना, नेपाली कांग्रेसका ३ जना र नेपाली कम्युनिष्ट पार्टीका २ जना उम्मेदवारहरू विजयी भएका हुन् ।
विजयी रास्वपा उम्मेदवारहरूः
१. बिना गुरुङ्गः कास्की क्षेत्र नं. ३ (३७,७५० मत)
२. प्रदिप विष्टः काठमाडौँ क्षेत्र नं. १० (३७,४६९ मत)
३. गणेश पराजुलीः काठमाडौँ क्षेत्र नं. ७ (२७,८०५ मत)
४. शिशिर खनालः काठमाडौँ क्षेत्र नं. ६ (२७,७१९ मत)
५. विराज भक्त श्रेष्ठः काठमाडौँ क्षेत्र नं. ८ (२४,५९२ मत)
६. राजु नाथ पाण्डेः काठमाडौँ क्षेत्र नं. ३ (१८,७५७ मत)
७. रन्जु न्यौपानेः काठमाडौँ क्षेत्र नं. १ (१५,४५५ मत)
नेपाली कांग्रेसका ३ उम्मेदवार
१. मोहन आचार्यः रसुवा क्षेत्र नं. १ (१०,६५६ मत)
२. योगेश गौचन थकालीः मुस्ताङ क्षेत्र नं. १ (३,३०७ मत)
३. टेक बहादुर गुरुङः मनाङ क्षेत्र नं. १ (२,४१५ मत)
नेकपाका विजयी उम्मेदवारः
१. महेन्द्र बहादुर शाहीः कालिकोट क्षेत्र नं. १ (११,३३८ मत)
२. पुष्प कमल दाहाल ’प्रचण्ड’ः रूकुम पूर्व क्षेत्र नं. १ (१०,२४० मत)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण