मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रतिनिधिसभा निर्वाचन-२०८२

समानुपातिकतर्फ ३९ हजार ४८३ मतगणना हुँदा रास्वपालाई २२ हजार ४४२ मत

शनिबार, २३ फागुन २०८२, ०५ : ५२
शनिबार, २३ फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १६ सिटमा जित हासिल गरेको छ र १०० सिटमा अग्रता लिएको छ।
  • नेपाली कांग्रेसले ४ सिटमा जित र ११ सिटमा अग्रता लिँदा नेकपा एमालेले १ सिटमा जित र १३ क्षेत्रमा अग्रता बनाएको छ।
  • समानुपातिकतर्फ रास्वपाले अग्रता कायम राखेको छ, ३९ हजार ४८३ मत गणना हुँदा २२ हजार ४४२ मत प्राप्त गरेको छ।

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । हालसम्म प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १६ सिटमा जित हासिल गरिसकेको छ भने १०० सिटमा अग्रता लिइरहेको छ । 

नेपाली कांग्रेसले ४ सिटमा जित निकाल्दा ११ सिटमा अग्रता लिएको छ भने नेकपा एमालेले १ सिटमा जित र १३ क्षेत्रमा अग्रता बनाएको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टीले २ सिट जितेको छ भने १० क्षेत्रमा अग्रता लिइरहेको छ । श्रम संस्कृति पार्टी ३ क्षेत्र र राप्रपा १ क्षेत्रमा अग्रस्थानमा छन् । 

केही क्षेत्रमा समानुपातिकतर्फको मत समेत गणना भइरहेको छ । समानुपातिकतर्फ पनि रास्वपाकै पक्षमा लहर देखिएको छ । हालसम्म ३९ हजार ४८३ मत गणना हुँदा रास्वपाले २२ हजार ४४२ मत प्राप्त गरेको छ । कांग्रेसले ७ हजार ५०५, राप्रपाले ३ हजार १६९, एमालेले २ हजार ९९०, श्रम संस्कृतिले ९६०, नेपाली कम्युनिस्ट पार्टीले ९५१, राष्ट्रिय परिवर्तन पार्टीले ५३५ र नेपाल मजदुर किसान पार्टीले १६६ मत पाएको निर्वाचन आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप