सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

गोरखा १ मा मतगणना सुरु हुन ढिलाइ

शनिबार, २३ फागुन २०८२, ०७ : ५६
शनिबार, २३ फागुन २०८२

सारांश

  • प्रतिकूल मौसमका कारण गोरखा क्षेत्र नं. १ को मतगणना सुरु हुन सकेको छैन।
  • दुर्गम क्षेत्रका १६ मतदान केन्द्रका मतपेटिका संकलन हुन नसकेकोले गणना रोकिएको हो।
  • हेलिकोप्टरमार्फत मतपेटिका ल्याउने प्रयास भइरहेको छ र सर्वदलीय बैठकपछि मतगणना सुरु हुनेछ।

गोरखा । प्रतिकूल मौसमका कारण मतपेटिका संकलनमा ढिलाइ हुँदा गोरखा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना अझै सुरु हुन सकेको छैन। उत्तरी गोरखाका दुर्गम क्षेत्रमा रहेका १६ वटा मतदान केन्द्रको मतपेटिका ल्याउन नसकिएका कारण गणना कार्य रोकिएको हो।

शुक्रबार मौसम खराब भएका कारण ती क्षेत्रमा हेलिकप्टर उडान सम्भव हुन सकेन। भौगोलिक विकटता र सडक सञ्जालको पहुँच नभएका चुमनुब्री लगायतका क्षेत्रबाट मतपेटिका ढुवानी गर्न हेलिकप्टरकै भर पर्नुपर्ने बाध्यता छ।

शनिबार बिहानैदेखि ती बाँकी रहेका मतपेटिकाहरू हेलिकप्टरमार्फत सदरमुकाम ल्याउने प्रयास भइरहेको र सबै मतपेटिका आइपुगेलगत्तै सर्वदलीय बैठक बसेर गणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप