डोल्पामा फर्जी मत विवाद : अझै सुरु भएन मतगणना
सारांश
- डोल्पामा फर्जी मत खसेको भन्दै मतगणना स्थगित भएको छ।
- काइके गाउँपालिकामा मतदान अधिकृत र मतदाताको हस्ताक्षर नभेटिएपछि विवाद भएको हो।
- एमालेलगायतका दलले पुनः मतदानको माग गर्दै उजुरी दिएका छन्।
सुर्खेत । डोल्पामा बिहान रोकिएको मतगणना अझै सुरु भएको छैन । फर्जी मत खसेको भन्दै बिहान स्थगित भएको मतगणना अझै सुरु नभएको हो ।
काइके गाउँपालिका–४ र ५ को मतगणनाको क्रममा पाँच वटा मतपत्रमा मतदान अधिकृत र मतदाताको हस्ताक्षर नभएको अर्धकट्टीसहितको मतपत्र भेटिएको थियो । यही विषयमा विवाद सुरु भएको थियो ।
यस्तै, सात वटा मतपत्रका अर्धकट्टी मात्रै भेटिएको थियो । विवाद पश्चात् मतगणना स्थगित भएको थियो ।
उक्त मतपत्रमा अनधिकृत व्यक्तिले मतदान गरेको भन्दै नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्री पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र एक स्वतन्त्र उम्मेदवारले विरोध जनाएपछि मतगणना अन्योल बनेको हो ।
उनीहरूले मुख्य निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पुनः मतदान हुनुपर्ने माग गर्दै उजुरी दिएका छन् ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठकमा छलफल भइरहेको बताइन् ।
‘निवेदकहरूले माग गरे बमोजिम मुख्य निर्वाचन अधिकृतले निर्वाचन आयोगबाट राय मागिरहेकाले सर्वदलीय बैठकमा ढिलाइ भइरहेको छ,’उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण