अध्यक्ष ओलीसहित एमालेका ११ पदाधिकारी ५ वर्ष संसद् बाहिर !
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीसहित १० पदाधिकारी आगामी ५ वर्षे संसद्को कार्यकालमा संसद् बाहिर रहने निश्चित भएको छ।
- अध्यक्ष ओली झापा-५, उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२, र गोकर्ण विष्ट गुल्मी-२ बाट पराजित भए।
- रास्वपाका उम्मेदवारले धेरैजसो एमाले पदाधिकारीलाई पराजित गरे, र शेरधन राईको नतिजा आउन बाँकी छ।
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा प्रत्यक्षतर्फ निर्वाचन लडेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहित १० पदाधिकारी आगामी ५ वर्षे संसद्को कार्यकालमा संसद् बाहिर हुने निश्चित भएको छ । एमालेका १९ पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओलीसहित ११ जना पदाधिकारी प्रत्यक्षतर्फ निर्वाचन लडेका थिए ।
अध्यक्ष ओली झापा–५,उपाध्यक्षहरू विष्णु पौडेल रुपन्देही–२,पृथ्वीसुब्बा गुरुङ लमजुङ र गोकर्ण विष्ट गुल्मी–२ बाट निर्वाचन लडेका थिए । त्यस्तै महासचिव शंकर पोखरेल दाङ–२, उपमहासचिवहरू रघुवीर महासेठ– धनुषा–४ र लेखराज भट्ट कैलाली ४ बाट चुनाव लडेका थिए भने सचिवहरू महेश बस्नेत भक्तपुर–२, शेरधन राई भोजपुर, राजन भट्टराई काठमाडौँ–४ र भानुभक्त ढकाल तेह्रथुमबाट निर्वाचन लडेका थिए ।
उपाध्यक्ष रामबहादुर थापा बादल समानुपातिक सूचीमा रहेका छन् भने अर्का उपाध्यक्ष रघुजी पन्त कुनै पनि निर्वाचन लडेका छैनन् । त्यस्तै सचिव पद्यमा अर्याल समानुपातिक सुचीमा रहँदा यमलाल कँडेल कर्णालीका मुख्यमन्त्री छन् भने छविलाल विश्वकर्मा, खगराज अधिकारी निर्वाचन लडेका छैनन् । अर्का सचिव हिक्मत कार्की पनि कोशीका मुख्यमन्त्री भएकाले निर्वाचन लडेनन् ।
प्रत्यक्ष निर्वाचन लडेका पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओली झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग धेरै मतान्तरले पछि परेकाले उनी पराजित हुने निश्चित भैसकेको छ ।
उपाध्यक्ष विष्णु पौडेल निर्वाचन लडेको क्षेत्र रुपन्देही ५ को चुनावी नतिजा आइसकेको छ । पौडेललाई रास्वपाकै सुलभ खरेलले पराजित गरिसकेका छन् । त्यस्तै गोकर्ण विष्ट चुनाव लडेको गुल्मी २ को अन्तिम परिणाम सार्वजनिक भैसकेको छ । विष्ट पनि रास्वपाका गोविन्द पन्थीसँग पराजित भएका छन् । अर्का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ निर्वाचन लडेको लमजुङको पनि अन्तिम नतिजा सार्वजनिक भैसकेको छैन तर त्यहाँ गुरुङ निकै पछि छन् । त्यसैले उनले समेत जित्ने सम्भावना टरिसकेको छ ।
त्यस्तै दाङ २ मा निर्वाचन लडेका महासचिव शंकर पोखरेल रास्वपाकै विपिन आचार्यसँग पराजित भैसकेका छन् । उपमहासचिव लेखराज भट्टको क्षेत्र कैलाली ४ मा मतगणना जारी रहेपनि उनी पनि निकै पछाडि छन् । उनले लिड गर्ने सम्भावना खसेको मतको हिसाबमा टरिसकेको छ । उपमहासचिव योगेश भट्टराई यो पटक निर्वाचन लडेनन् । तर अर्का उपमहासचिव रघुवीर महासेठ र धनुषा–मा निर्वाचन लडेपनि रास्वपाका राजकिशोर महतोसँग पराजित भैसकेका छन् ।
काठमाडौँ –४ बाट सचिव राजन भट्टराई, भक्तपुर २ बाट महेश बस्नेत र तेह्रथुमबाट भानुभक्त ढकाल पराजित भैसकेका छन् । सचिव शेरधन राई निर्वाचन लडेको जिल्ला भोजपुरको मतगणना जारी छ । पूर्व मुख्यमन्त्री रहेका राई पनि निर्वाचित हुने सम्भावना कमजोर नै रहेको देखिन्छ । भोजपुरमा हर्क राई नेतृत्वको श्रमसंस्कृति र नेपाली कम्युनिस्ट पार्टीका अजम्बर राई काङमाङबिच प्रतिस्पर्धा हुने देखिएको छ । यो समाचार तयार पार्दासम्म एमालेका शेरधन १ हजार मतान्तरले पछि छन् ।
कथमकदाचित राई पनि निर्वाचित हुन नसकेमा एमालेबाट प्रत्यक्षतर्फ निर्वाचन लडेका ११ जना पदाधिकारी आगामी संसद्को ५ वर्षे कार्यकालमा बाहिरै बस्ने निश्चित भएको छ । तेह्रथुममा सचिव ढकाललाई कांग्रेस उम्मेदवारले पराजित गर्दा धेरैजसो अन्य पदाधिकारीलाई रास्वपाका उम्मेदवारले पराजित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण