बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन

सिन्धुली–२ माओवादीको लालकिल्लामा रास्वपाको धावा

शनिबार, २३ फागुन २०८२, १४ : ३१
शनिबार, २३ फागुन २०८२

सारांश

  • सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाले चुनाव जित्यो, नेकपाका उम्मेदवार पराजित भए।
  • २०६४ र २०७४ मा माओवादीले जितेको सो क्षेत्रमा यसपटक रास्वपाका आशिष गजुरेल विजयी भए।
  • नेकपाका लेखनाथ दाहाल 'राजन' ३ हजार १६० मतान्तरले पराजित भए, उनलाई रास्वपाका आशिष गजुरेलले हराए।

सिन्धुली ।  तत्कालीन माओवादी केन्द्रको लाल किल्लाको रुपमा परिचित सिन्धुली निर्वाचन क्षेत्र नम्बर–२ मा रास्वपाले जित निकालेको छ । माओवादी नेता हरिबोल गजुरेल, चन्द्रप्रसाद गजुरेल लगायतले चुवान जितेको उक्त क्षेत्रमा यस पटककाे भने माओवादी (हालको नेकपा) पराजित भएको छ । 

२०६४ मा माओवादी केन्द्रका चन्द्रप्रसाद गजुरेलले उक्त क्षेत्रमा चुनाव जितेका थिए भने २०७४ मा हरिबोल गजुरेलले चुनाव जितेका थिए । हाल सोही क्षेत्रमा नेकपाका उम्मेदवार बनेका लेखनाथ दाहाल ‘राजन’ले २०७९ मा सोही क्षेत्रबाट चुनाव जितेका थिए । 

सिन्धुली २ संसदीय क्षेत्रमा हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका, घ्याङलेख गाउँपालिका, सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिकाको १–८ र १०–१२ वडाहरू रहेका छन् । हरिहरपुर, मरिण, ध्याङलेख, सुनकोशी क्षेत्रमा तत्कालीन माओवादी (हाल नेकपा) को राम्रो उपस्थिति रहेको बताइन्छ । तर, हालै सम्पन्न निर्वाचनमा सो क्षेत्रमा उम्मेदवार रहेका नेकपाका दाहालले ३ हजार १६० मतान्तरले चुनाव हारेका छन् । 

उनलाई रास्वपाका आषिश गजुरेलले १७ हजार ९४० मतसहित पराजित गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका दाहालले १४ हजार ७८० मत पाएका छन् । 

दाहाल सोही क्षेत्रका निर्वाचित निवर्तमान सांसद हुन् । २०७४ मा बागमती प्रदेशसभामा सोही क्षेत्रबाट विजयी बनेका दाहाल  राजनीतिक सङ्घर्षका हरेक मोर्चामा सक्रिय रहेका थिए । विद्यार्थी जीवनदेखि नै राजनीति सुरु गरेका दाहाल १२ वर्षकै उमेरमा कक्षा ८ मा जनयुद्धमा होमिएका थिए । 

जनयुद्धकै क्रममा तत्कालीन राज्यसत्ताले दाहाललाई २०५३ सालमा गिरफ्तार भएका उनी ३ वर्षसम्म जेल जीवन बिताएर २०५६ चैतमा रिहा भए । सो पश्चात् उनी पार्टी सङ्गठनमा सक्रिय रहे । रामेछाप, सिन्धुलीमा पार्टीको जिम्मेवारी पाएका उनी विरुद्ध पार्टीका सहयात्री नै बाधक बनेका थिए । 

माओवादी नेता महेश्वर दाहाललाई सो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । महेश्वरलाई माओवादी नेता गजुरेल, सिन्धुली इन्चार्ज वसन्त माझी लगायतले समर्थन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप