पराजित भएपछि सहमहामन्त्री राणाले भने– परिणाम अपेक्षाअनुसार आएन
शनिबार, २३ फागुन २०८२, १५ : ३८
सारांश
- नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले निर्वाचनको परिणाम सोचेअनुसार नआएको बताए।
- ललितपुर-१ मा रास्वपाका उम्मेदवार बुद्धरत्न महर्जनसँग पराजित भएपछि राणाले यस्तो प्रतिक्रिया दिएका हुन्।
- राणाले मतदातालाई धन्यवाद दिँदै जनताको अभिमतलाई सम्मान गर्ने बताएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले प्रतिनिधिसभा निर्वाचनमा परिणाम अपेक्षाअनुसार नआएको बताएका छन् । ललितपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनसँग पराजित भएपछि सामाजिक सञ्जाल फेसबुकमा सहमहामन्त्री राणाले परिणाम अपेक्षाअनुसार नआएको बताएका हुन् ।
‘तपाईँहरूको मेहनत, विश्वास र साथ मेरा लागि ठुलो प्रेरणा बनेको छ। परिणाम अपेक्षाअनुसार नआए पनि सम्पूर्ण मतदाताप्रति म धन्यवाद व्यक्त गर्दछु,’ राणाले फेसबुकमा लेखेका छन् ।
लोकतन्त्रमा जित र हार दुवै प्रक्रिया भएको उल्लेख गर्दै राणाले जनताको म्यान्डेटलाई सम्मान गर्ने र ललितपुर–१ का नागरिकहरूको सुख दुःखमा निरन्तर साथ रहने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण