यो निर्वाचनको परिणामले समस्या निम्त्याउन सक्छ: पृथ्वीसुब्बा गुरुङ
सारांश
- नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने बताए ।
- उनले संविधान संशोधन र सङ्घीयता लगायतका विषयमा दलहरूको धारणा स्पष्ट हुनुपर्ने बताए ।
- गुरुङले मतदाताले एजेण्डालाई भन्दा नयाँ नाममा मत दिएको प्रतिक्रिया दिए ।
पोखरा । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने बताएका छन् । लमजुङ प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि प्रतिक्रिया दिँदै उनले भने, ‘उहाँहरूको दुई तिहाइ बहुमत आउला जस्तो छ । यो नै हाम्रो मुलुकको लागि समस्या हुन सक्छ ।’
उनले प्राप्त मतलाई सुझबुझपूर्ण ढङ्गले सम्बोधन गर्न सुझाएका छन् । ‘संविधान संशोधनबारे उहाँहरूको प्रतिबद्धता आउनु जरुरी छ । सङ्घीयता खारेज गर्न खोज्या हो कि ? समावेशी निर्वाचन प्रणालीबारे उहाँहरूको धारणा के हो ?’ प्रश्न गर्दै उनले भने, ‘राष्ट्रिय सहमतिको आधारमा बाहेक बलजफ्ती गर्न खोजियो भने मुलुकमा फेरि अर्को द्वन्द्व सुरु हुन्छ ।’
गुरुङले यसपालिको निर्वाचनमा मतदाताले एजेण्डालाई नभई नयाँको नाममा मात्रै मत दिएको प्रतिक्रिया दिएका छन् । ‘हरेक निर्वाचनको आफ्नो एजेण्डा हुन्छ । राष्ट्रियता, विकास, सुशासन र संविधान सम्बन्धी आफ्नो दलको धारणा हुन्छ,’ उनले अघि थपे, ‘तर, यसपटकको निर्वाचनमा जनताका समस्या समाधानको कुरा कहिल्यै उठेन । विकास र सुशासनको एजेण्डा के हो भन्नेमा कुनै छलफल भएन । खालि नयाँ भनेर मात्रै पुग्दैन ।’
उनले संविधान कार्यान्वयन र राष्ट्रिय मुद्दाहरूमा सबै दलहरूको सहमतिका आधारमा मात्र निर्णय लिनुपर्नेमा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण