रास्वपालाई प्राप्त जनमत परिवर्तनको अभिव्यक्ति हो : राजेन्द्र महतो
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही–२ बाट पराजित भएका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक विजयप्रति बधाई दिएका छन् ।
उनले परिवर्तन, सुशासन र उत्तरदायी राजनीतिक नेतृत्वको अपेक्षासहित नेपाली जनताले दिएको जनादेशलाई लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
अध्यक्ष महतोले प्रधानमन्त्रीका रूपमा घोषणा गरिएका बालेन्द्र शाह नेपालको इतिहासमा पहिलोपटक यस्तो अवसर प्राप्त गर्ने व्यक्तित्व भएको उल्लेख गरे । उनले काठमाडौँ महानगरपालिकाको मेयरमा शाह निर्वाचित हुँदा नै संसदमा यसलाई परिवर्तनको संकेतका रूपमा उठाएको स्मरण गर्दै अहिले त्यो संकेत राष्ट्रिय राजनीतिमा ठूलो जनलहरका रूपमा देखिनु सुखद भएको बताए ।
उनले उम्मेदवारी नामाङ्कनअघि जनकपुरमा शाहले मैथिली भाषामा व्यक्त गरेको “संघीयता आरो बलगर बनाबै के छै ” भन्ने अभिव्यक्तिले संघीयता, पहिचान र समावेशी राज्य संरचनाका पक्षधर नागरिकहरूको ध्यान आकर्षित गरेको तथा त्यसले व्यापक जनसमर्थन सिर्जना गरेको उल्लेख गरे ।
अध्यक्ष महतोले जनताले दिएको जनादेशलाई सम्मान गर्दै आगामी सरकारले संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेशहरूको अधिकार सुनिश्चितता, नमिलेको सीमांकन तथा नामांकनसम्बन्धी विषय समाधानका लागि संविधान संशोधनमा पहल गर्नुपर्ने बताए । साथै भ्रष्टाचार नियन्त्रण, विभेदकारी कानुनको पुनरावलोकन तथा सामाजिक न्याय र समृद्धिका लागि आवश्यक संस्थागत सुधार अघि बढाइनुपर्ने उनको भनाइ छ ।
यसैबिच उनले सर्लाही–२ बाट निर्वाचित रवीन महतोलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । आफूलाई विश्वास गरेर मत दिने सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै उनले जनतासँग घरदैलो अभियानमार्फत प्रत्यक्ष संवाद गर्ने अवसर महत्वपूर्ण अनुभव बनेको बताए ।
अध्यक्ष महतोले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको जनादेश केवल सत्ता परिवर्तन नभई जनताको मौन असन्तोष र परिवर्तनको आकांक्षाको अभिव्यक्ति भएको उल्लेख गर्दै राज्यको सोच, कार्यशैली र संरचनामा सकारात्मक रूपान्तरण हुनुपर्ने अपेक्षा व्यक्त गरेका छन् ।
साथै लोकतन्त्र, समावेशिता र संघीयताको सुदृढीकरणका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल सधैँ रचनात्मक र जिम्मेवार भूमिकामा रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण