सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ: गृहमन्त्री अर्याल
सारांश
- गृहमन्त्री अर्यालले निर्वाचनको जनादेश अनुसार सरकार छिट्टै बन्ने बताए।
- उनले सहिदको सपना पूरा गर्न सरकारको जिम्मेवारी हस्तान्तरण गर्ने कुरा व्यक्त गरे।
- नयाँ सरकारलाई भ्रष्टाचारलगायत समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार शीघ्र गठन हुने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा शनिबार साँझ चाबहिलस्तुपामा जेनजी सहिदको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा उनले मुलुकमा सुशासन, स्थिरता र समृद्धिको चाहना राखेर जीवन उत्सर्ग गरेका सहिदको सपना पूरा गर्न शीघ्र सरकारको जिम्मेवारी हस्तान्तरण गर्ने बताए ।
मन्त्री अर्यालले देशमा विद्यमान विकृतिका रूपमा रहेको भ्रष्टाचार, ढिलासुस्ती, बेरोजगारीलगायत समस्या समाधान गर्न नयाँ सरकारलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ समितिले तयार पारेको प्रतिवेदन सरकारले शीघ्र सार्वजनिक गरी त्यसलाई कार्यान्वयनमा लैजाने बताउँदै उनले आन्दोलनका क्रममा भएको जनधनको क्षति तथा अपराधमा संलग्न दोषीलाई नयाँ सरकारले थप कानुनी कारबाहीको निरन्तरता दिने विश्वास व्यक्त गरे ।
मन्त्री अर्यालले आन्दोलनमा सहादत प्राप्त सहिदप्रति श्रद्धाञ्जली प्रकट गर्दै दीप प्रज्वलन गरे । पार्टीले तत्काल जुलुस वा र्यालीको आयोजना नगर्ने तथा निकट भविष्यमा सबै निर्वाचन क्षेत्रको टोलटोलमा पुगेर मतदातालाई भेटघाट गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण