धनकुटाबाट राजेन्द्र राईको ह्याट्रिक
काठमाडौँ । धनकुटा क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।
राईले कांग्रेसका उम्मेदवार दिनेश राईलाई ३ हजार ८७५ मतान्तरले निर्वाचित भएका हुन् । राईले १८ हजार १३२ मत ल्याउँदा काँग्रेसका राईले १४ हजार २५७ मत ल्याएका छन् ।
यस्तै श्रम संस्कृति पार्टीका सान बहादुर राईले ११ हजार ९३२ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश भण्डारीले ९ हजार ९४४ मत ल्याए ।देशैभर अग्रस्थानमा देखिएको रास्वपा धनकुटामा भने चौथो स्थानमा सिमित भएको छ ।
निर्वाचित राई धनकुटाको चुनावी मैदानमा चौथो पटक मैदानमा आएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएका थिए । तर २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका राईले तेस्रो पटक जित निकाल्दै धनकुटाबाट संसद्मा ह्याट्रिक गरेका छन् ।
उनी पूर्वमन्त्री समेत हुन । उनी २०७९ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका सुनिल बहादुर थापासँग पराजित बनेका थिए । यस्तै,२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा राईले राप्रपाकै सुनिल थापालाई हराएका थिए ।
०७४ को आम निर्वाचनमा राईले राप्रपाबाट उम्मेदवार बनेका उनै थापालाई १० हजार ४ सय ५९ भारी मतान्तरले पराजित गरेका थिए । त्यतिबेला राईले ३७ हजार ३ सय ३३ ल्याएर निर्वाचित हुँदा थापाले २६ हजार ८ सय ७४ मत ल्याएका थिए ।
२०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा पराजय र २०७४ र २०७९ गरी दुई पटक प्रतिनिधि सभामा विजयी भएका राई तेस्रो पटक पनि प्रतिनिधिसभा सदस्य निर्वाचित राईले दुई पटक विजयी भएका बेला धनकुटामा सुरु गरेका विकास निर्माणदेखि विभिन्न काम पूरा गर्न जनताले तेस्रो पटक जित निकाल्दै ह्याट्रिक गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण