एमालेले अग्रता लिएका यी क्षेत्रमा रास्वपाको कस्तो छ अवस्था ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीको लहर चल्दा एमालेले पाँच क्षेत्रमा अग्रता कायम गरेको छ।
- इलाम २ मा सुहाङ नेम्बाङ, इलाम १ मा कागते, अछाम २ मा बोगटी, मुगु १ मा रोकाया र सङ्खुवासभामा कार्कीले अग्रता लिएका छन्।
- एमालेले अहिलेसम्म ६ सिट जितेको छ, जसमा बाँके २ मा राई, दार्चुलामा ठगुन्ना लगायत छन्।
काठमाडौँ । देशैभर राष्ट्रिय स्वतन्त्र पार्टीको लहर आउँदा नेकपा एमाले अहिलेसम्म पाँच क्षेत्रमा अग्रता कायम राखेको छ । एमालेले इलाम २ मा सुहाङ नेम्बाङ, इलाम १ मा काजी मान कागते,अछाम २ मा यज्ञबहादुर बोगटी, मुगु १ मा पूर्णबहादुर रोकाया र सङ्खुवासभा अर्जुनकुमार कार्की अग्रता लिएका छन् ।
इलाम २ मा सुहाङ नेम्बाङ १९ हजार ६९१ मत सहित अग्रता कायम राखेका छन् भने श्रम संस्कृति पार्टीका सुदिप राई १३ हजार ६०७ मत सहित पछ्याइरहेका छन् । रास्वपाका गोकुलबहादुर राई ६ हजार ४६१ मत सहित चौथो स्थानमा छन् भने श्रम संस्कृति पार्टी तेस्रो स्थानमा छ ।
त्यस्तै, इलाम १ मा एमालेका कागतेले ४ हजार ५२३ मतसहित अग्रता कायम राखेका छन् भने कांग्रेसका निश्कल राई ४ हजार २४२ मतसहित दोस्रो स्थानमा रहेका छन् । रास्वपाका विमल गदाल श्रम संस्कृति पार्टीका भन्दा पछाडि छन् । उनी २०७० मतसहित चौथौँ स्थानमा छन् भने श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बु तेस्रो स्थानमा छन् ।
त्यस्तै, अछाम २ मा बोगटीले ५ हजार ६७७ मतसहित अग्रता कायम राखेका छन् भने कांग्रेसमा ५ हजार ५९ मत दोस्रो स्थानमा रहेका छन् । रास्वपा भूपदेव साह यो क्षेत्रमा तेस्रो स्थानमा छन् ।
त्यस्तै, मुगुमा पूर्णबहादुर रोकाया २ हजार ३१५ मतसहित अग्रता कायम राखेका छन् भने कांग्रेसका खड्ग साही २२०० मत सहित दोस्रो स्थानमा छन् । रास्वपा भुवन टमटा चौथो स्थानमा रहेका छन् । सङ्खुवासभा एमालेका अर्जुनकुमार कार्की १ हजार ६७३ मत सहित अग्रता लिएका छन् भने रास्वपाका मिङमा शेर्पा १४०८ मत सहित दोस्रो स्थानमा छन् । दिपनकुमार श्रेष्ठ ५८४ मत सहित तेस्रो स्थानमा छन् ।
एमालेले अहिलेसम्म ६ सिटमा जित निकालेको छ । अहिलेसम्म एमालेले बाँके २ मा मोहम्मद इश्तियाक राईले २४ हजार ६२८ मत सहित जित निकालेका छन् ।
दार्चुलामा गणेशसिंह ठगुन्ना १८ हजार ८९१, बझाङमा ऐनबहादुर महर १८ हजार ५४३, धनकुटा राजेन्द्रकुमार राई १८ हजार १३२, ताप्लेजुङमा क्षितिज थेबे १३ हजार ९६२, दैलेख – २ लक्ष्मी प्रसाद पोखरेल १३ हजार ८८९ मत सहित विजय भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
-
२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
-
अत्यधिक गर्मीका कारण अमेरिकामा स्वतन्त्रता दिवसका कार्यक्रम प्रभावित, केही स्थगित र रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण