सामाजिक क्षेत्रबाट संसद्को यात्रामा बिना गुरुङ
कास्की । सामाजिक क्षेत्र, महिला सशक्तीकरण र शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय बिना गुरुङले पहिलोपटक सङ्घीय संसद्मा प्रवेश गरेकी छन् । उनी प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नं ३ मा प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले जित हासिल गर्न सफल भइन्।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गुरुङ ३७ हजार ७५० मतसहित विजयी भएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत पाए । नेकपा (एमाले) का दामोदर बैरागीले सात हजार ९०६ मत पाए । बैरागी यसअघि यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भए।
सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालको संस्थापक अध्यक्षसमेत रहेकी गुरुङ महिला दिदीबहिनीहरूको प्रेरणा स्रोत बन्दै आए। महिला उद्यमशीलता प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा समुदायमा सामाजिक अभियान सञ्चालनमा सक्रिय रहँदै राजनीतिक यात्रामा जोड दिए।
श्रीमान्, एक छोरा एक छोरीका साथ पोखरा–५ मा बस्दै आएकी गुरुङ २०७२ सालको भूकम्प र कोभिड–१९ महामारीका बेला विभिन्न क्षेत्रमा राहत तथा स्वास्थ्य सामग्री वितरणमा सक्रिय रहेकी थिइन् । विजयपछि कास्की–३ को समग्र विकास, सुशासन र जनताको अपेक्षाअनुसार काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् । पर्यटन प्रवर्द्धन, महिला उद्यमशीलता, सहकारीपीडितको समस्या समाधान तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने सांसद गुरुङले बताइन्।
उनले भने, “म सामाजिक क्षेत्र र उद्यमशीलताको यात्राबाट राजनीतिमा आएकी छु, अब राजनीतिको यो नयाँ यात्रालाई पनि आफ्नो इमान्दारिता जनभावनाअनुरुप काम गर्नेछु ।”
सांसद गुरुङले जेनजी आन्दोलनको मर्मसहित जनताको यो विश्वास र जनमतलाई नतिजामा उतार्नका लागि नीतिगत तहमा आफ्नो भूमिका सशक्त गराउँदै लैजाने बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण