बर्दियाका दुई क्षेत्रको मतगणना जारी, लुम्बिनीका २४ क्षेत्रको नतिजा सार्वजनिक
सारांश
- लुम्बिनी प्रदेशका २४ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ।
- बर्दिया क्षेत्र नम्बर १ मा रास्वपाका ठाकुर सिंह थारु अग्रस्थानमा छन् भने क्षेत्र २ मा श्रीधर पोखरेल अगाडि छन्।
- हालसम्म रास्वपाले १९ सिट जितेको छ भने कांग्रेस र नेकपाले समान २-२ सिट जितेका छन्।
बुटवल । लुम्बिनी प्रदेशका २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये आइतबार बिहान ९ बजेसम्म बर्दिया जिल्लाका दुई क्षेत्रबाहेक अन्य सबैको मतपरिणाम सार्वजनिक भएको छ। हालसम्म प्रदेशका २४ निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसकेको छ भने बर्दिया क्षेत्र नम्बर १ र २ मा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बर्दिया क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ठाकुर सिंह थारु निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सालिकराम अधिकारीभन्दा करिब ३२ हजार मतले अग्रस्थानमा रहेका छन्। सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार सञ्जय गौतम तेस्रो स्थानमा छन्।
त्यसैगरी बर्दिया क्षेत्र नम्बर २ मा पनि रास्वपाका उम्मेदवार श्रीधर पोखरेल नेपाली कांग्रेस र एमालेका उम्मेदवारभन्दा करिब १० हजार मतले अगाडि रहेका छन्। दुवै क्षेत्रमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने बताइएको छ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ११ जिल्लाको मतपरिणाम सार्वजनिक भइसकेको छ। हालसम्म गणना सम्पन्न भएका २४ सिटमध्ये रास्वपाले १९ सिट जितेको छ भने नेपाली कांग्रेस र नेकपाले समान २–२ सिट जितेका छन्। नेकपा (एमाले) ले १ सिट जितेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण