तेहरानमा घटाइयो इन्धनकाे कोटा
आइतबार, २४ फागुन २०८२, १४ : ४१
सारांश
- तेहरानमा तेल डिपोमा आक्रमण भएपछि स्थानीय प्रशासनले इन्धन खपत कटौती गरेको छ।
- व्यक्तिगत कार्डमार्फत उपलब्ध हुने इन्धनको दैनिक कोटा ३० लिटरबाट २० लिटरमा झारिएको छ।
- गभर्नरले इन्धन अभावको चिन्ता नगर्न र दुई/तीन दिनमै पहिलेकै अवस्थामा फर्किने बताएका छन्।
तेहरान । इरानको राजधानी तेहरानमा तेल डिपोहरूमा आक्रमण भएपछि स्थानीय प्रशासनले इन्धन खपतमा अस्थायी कटौती लागू गरेको छ । तेहरान प्रान्तका गभर्नरका अनुसार, व्यक्तिगत कार्डमार्फत उपलब्ध हुने इन्धनको दैनिक कोटा ३० लिटर (७ दशमलव ९ ग्यालन) बाट घटाएर २० लिटर (५ दशमलव २ ग्यालन) मा झारिएको छ ।
आपूर्ति व्यवधान छिट्टै समाधान गरिने भन्दै गभर्नरले नागरिकहरूलाई इन्धनको अभावको चिन्ता नगर्न आग्रह गरेको फार्स समाचार एजेन्सीले समाचारमा भनेको छ । उनले यो अस्थायी कदम भएको र दुई वा तीन दिनपछि पहिलेकै अवस्थामा पुग्ने वाचा पनि उनले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण