समानुपातिक मतगणना : रास्वपाले कटायो ४० लाख मत
सारांश
- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी छ, जसमा ८२ लाखभन्दा बढी मत गणना भइसकेको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टीले ४८.२८ प्रतिशत मतका साथ अग्रता कायम गरेको छ, भने नेपाली कांग्रेस दोस्रो स्थानमा छ।
- नेकपा एमाले तेस्रो र नेपाली कम्युनिस्ट पार्टी चौथो स्थानमा छन्, अन्य दलहरूको पनि मत परिणाम सार्वजनिक भएको छ।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालसम्म ८२ लाख ९९ हजार ६५० मत गणना गरिएको हो ।
पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ४० लाख ६ हजार ६९४ मतसहित अग्रस्थानमा छ । यो कूल सदरमतको ४८.२८ प्रतिशत हो ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६.२५ प्रतिशत मत प्राप्त गरेको छ । पार्टीले १३ लाख ४८ हजार ७९९ मत पाएको छ ।
तेस्रो स्थानमा रहेको नेकपा एमालेको ११ लाख ४२ हजार ३८१ मत छ जुन १३.७६ प्रतिशत हो । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ७.०८ प्रतिशत मत पाएको छ जसअनुसार पार्टीको ५ लाख ८७ हजार २३० मत छ ।
श्रम संस्कृति पार्टीले ३.४९ प्रतिशत मत पाएको छ । पार्टीको २ लाख ८९ हजार ९६१ मत छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ७४ हजार ९९१ मत पाएको छ । यो कूल सदर मतको ३.३१ प्रतिशत हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण