काठमाडौँ र इलाममा दुई जना मृत फेला
सोमबार, २५ फागुन २०८२, ११ : ३०
काठमाडौँ। काठमाडौँ र इलाममा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-१० कपन बालुवाखानीस्थित नगर अस्पताल नजिकैको झ्याङमा एक पुरुषको शव भेटिएको हो।
अन्दाजी ४० वर्षका देखिने ती पुरुषको नाम, थर र ठेगाना खुल्न सकेको छैन। आइतबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
त्यस्तै इलामको सुर्योदय नगरपालिका-४ उनिउटारमा ५४ वर्षीय दिल कुमार तामाङ मृत फेला परेका छन्। उनी आफ्नै घर नजिकैको बाटोमा मृत अवस्थामा भेटिएका हुन्।
दुवै घटनाका सम्बन्धमा प्रहरीले प्रारम्भिक मुचुल्का तयार गरी आवश्यक अनुसन्धान सुरु गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण