गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात, उपत्यका र तराईमा तुवाँलो
सारांश
- गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा र हिमपात भयो।
- कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको छ।
- मौसमविद्हरूले पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।
काठमाडौँ । पछिल्लो ६ घण्टामा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपात भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको छ भने अन्य भू-भागमा आंशिक बदली रहेको छ।
काठमाडौँ उपत्यका र तराईका भूभागमा भने बिहानैदेखि बाक्लो तुवाँलो लागेको छ। महाशाखाले जारी गरेको पूर्वानूमान अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ।
साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको छ। बदलिँदो मौसम र वर्षाको सम्भावना रहेकाले पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण