दुई महिनापछि खुले तल्लो मुस्ताङका विद्यालय
सोमबार, २५ फागुन २०८२, १९ : १५
मुस्ताङ । यहाँस्थित तल्लो मुस्ताङका विद्यालय दुई महिनापछि खुलेका छन् । हिउँदयाममा चिसोका कारण बन्द भएका यहाँको बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालय साेमबारदेखि खुलेको शिक्षा विकास तथा समन्वय एकाइ मुस्ताङले जनाएको छ।
यहाँका विद्यालयहरुले अर्धवार्षिक परीक्षा सकेर पुस महिनाको पहिलो हप्ता विद्यार्थीहरुलाई जाडो बिदा दिएको थियो । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रामेश्वर लामिछानेका अनुसार ती क्षेत्रमा १८ वटा विद्यालय छन्।
मुस्ताङमा हिउँदयाममा पूरै विद्यालय बन्द गरेका शैक्षिक संस्थाले ४५ दिनको सरकारी बिदा र १५ दिनको सट्टा बिदा कटौती गर्ने गरी दुई महिना विद्यालय बन्द गर्ने गरेका छन्। त्यसैगरी जाडो छल्न बेँसी झरेका माथिल्लो मुस्ताङका विद्यालयहरुले ४५ दिने सरकारी बिदा गरेर वैशाख महिनामा साविकको स्थानमा शैक्षिक पठनपाठन सुरु गर्ने गर्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
-
संसद्मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म
-
४८ वर्षपछि सक्रिय राजनीतिबाट विश्राम, महराका दुःखदायी उत्तरार्द्ध
-
यो वर्ष १५ खर्ब ८० अर्ब राजस्व उठाइने
-
कृषिमा २ अर्बको सीमा पुनरवलोकन हुँदैन : अर्थमन्त्री
-
प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण