होटलको पार्किङबाट मोटरसाइकल चोरी गर्ने पक्राउ
मङ्गलबार, २६ फागुन २०८२, ०९ : १९
सारांश
- विराटनगरको होटल पार्किङबाट मोटरसाइकल चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
- चोरी भएको मोटरसाइकलसहित प्रहरीले विराटनगर-८ का २८ वर्षीय मोहम्मद ज्याउदिनलाई नियन्त्रणमा लिएको हो।
- प्रहरीले चोरी मुद्दामा म्याद थप गरी घटनाको थप अनुसन्धान गरिरहेको छ।
मोरङ । विराटनगरको एक होटलको पार्किङबाट मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई प्रहरीले रङ्गेहात नियन्त्रणमा लिएको छ। विराटनगर महानगरपालिका-१२ मा रहेको बिरयानी अड्डा एण्ड तन्दुरी पसलको पार्किङ स्थलबाट हराएको प्रदेश ०१-०१-००१ प ३६०१ नम्बरको मोटरसाइकलसहित मोरङ प्रहरीले एक जनालाई समातेको हो।
गत फागुन २३ गते राती करिब १० बजे पार्किङमा राखिएको अवस्थामा मोटरसाइकल हराएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली खोजतलासमा खटिएको थियो। प्रहरीको सक्रियताका कारण चोरी भएको भोलिपल्टै अर्थात् फागुन २४ गते साँझ ५ बजे विराटनगर-८ बस्ने २८ वर्षीय मोहम्मद ज्याउदिनलाई उक्त मोटरसाइकलसहित फेला पारिएको हो।
पक्राउ परेका ज्याउदिनमाथि चोरी मुद्दामा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण