कास्कीमा रास्वपा, कांग्रेस र एमालेबाहेक सबैको धरौटी जफत
सारांश
- कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपा, कांग्रेस र एमालेका उम्मेदवारको मात्रै धरौटी जोगिएको छ।
- ४० जना उम्मेदवारको धरौटी जफत भएको छ, जसमा विभिन्न दलका उम्मेदवारहरू छन्।
- क्षेत्र नम्बर १ मा राजकाजी गुरुङले सबैभन्दा धेरै मत ल्याएर पनि धरौटी गुमाए।
पोखरा । कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमाले बाहेक सबै उम्मेदवारको धरौटी जफत भएको छ । ४९ उम्मेदवार रहेका यहाँका तीनवटै क्षेत्रमा तीनवटा दलको मात्रै धरौटी जोगिएको हो । बाँकी ४० उम्मेदवारको जफत भएको छ । जसमा नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीदेखि श्रम संस्कृति पार्टीसम्म छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार धरौटी फिर्ता पाउनेमा क्षेत्र नम्बर १ बाट रास्वपाका खडकराज पौडेल (गनेस), नेपाली काँग्रेसका तिलक रानाभाट र एमालेका बैनबहादुर अधिकारी क्षेत्री छन् । क्षेत्र नम्बर २ मा पनि रास्वपाका उत्तमप्रसाद पौडेल, एमालेका रश्मि आचार्य र काँग्रेसका माधवप्रसाद बास्तोला (मधु) छन् । क्षेत्र नम्बर ३ बाट रास्वपाकी विना गुरुङ, कांग्रेसका मनोज गुरुङ र एमालेका दामोदर पौडेल (बैरागी)ले धरौटी फिर्ता पाए ।
कास्कीमा सबैभन्दा कम मत पाउने क्षेत्र नम्बर २ बाट नेपाल मजदुर किसान पार्टीकी विनिता अवाल छिन् । उनले ३ मत मात्रै पाइन् । सबैभन्दा धेरै मत ल्याएर जमानत जफत हुने क्षेत्र नम्बर १ का राजकाजी गुरुङ (करण) हुन् । उनले कुल सदर मतको ३.६७ प्रतिशत मत ल्याएका थिए । उनी नेकपाका उम्मेदवार हुन् । धरौटी जोगिन कम्तीमा १० प्रतिशत मत ल्याउनुपर्छ ।
जिल्लामा अंकका हिसावले सबैभन्दा बढी मत क्षेत्र नम्बर १ बाट रास्वपाका खडकराज पौडेलले ल्याए भने प्रतिशतका हिसावले क्षेत्र नम्बर २ का उत्तमप्रसाद पौडेलले ल्याए । गनेसले ३९ हजार ८ सय ८३ मत ल्याएपनि उनको प्रतिशत ५९.१६ मात्रै हुन आउँछ । उत्तमले ल्याएको ३१ हजार ९ सय ११ मत क्षेत्र नम्बर २ को सदर मतको ६२.९७ प्रतिशत हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण