सुदूरपश्चिममा उम्मेदवारमध्ये १४४ जनाको जमानत जफत
सारांश
- सुदूरपश्चिममा चुनाव लडेका २०६ जना मध्ये १४४ जनाको जमानत जफत भएको छ।
- कैलालीमा ५८, कञ्चनपुरमा ४२, डडेल्धुरामा ९ जना उम्मेदवारको जमानत जफत भएको छ।
- निर्वाचन क्षेत्रमा खसेको मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरूको जमानत जफत भएको हो।
धनगढी । सुदूरपश्चिममा २०६ उम्मेदवारमध्ये १ सय ४४ जनाको जमानत जफत भएको छ ।
प्रदेशका नौ वटै जिल्लाका १६ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा २०६ जनाले सदर मतको १० प्रतिशत पनि कटाउन सकेनन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलालीका पाँच वटा निर्वाचन क्षेत्रमा ७५ जनाको उम्मेदवारी रहेकोमा ५८ जनाको जमानत जफत भएको छ । यस्तै कञ्चनपुरका तीन वटा निर्वाचन क्षेत्रमा ५५ जना चुनावी मैदानमा थिए, जसमध्ये ४२ जनाको जमानत जफत भएको हो ।
डडेलधुराका १३ मध्ये ९ उम्मेदरवारले जमानत जोगाउन सकेनन् । बैतडीमा पनि ११ जनामध्ये ६ जनाको यस्तै अवस्था रह्यो । दार्चुलामा ११ उम्मेदवार रहेकोमा ७ जनाको जमानत जफत भयो । डोटीमा पनि ९ उम्मेदवार रहेकोमा ५ जनाको जमानत जफत भएको छ । यसैगरी बझाङमा ७ मध्ये ३ उम्मेदवारको जमानत जफत भयो ।
अछाम–१ मा ८ जना उम्मेदवार रहेका थिए, जसमध्ये ५ जनाको जमानत जफत भयो । बाजुरामा पनि ८ उम्मेदवार मध्ये ४ जनाको जमानत जफत भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण