रुकुम पश्चिम: सानाेभेरी नदीमा दुई बालिका मृत फेला
मङ्गलबार, २६ फागुन २०८२, १३ : ५१
सुर्खेत । रुकुम पश्चिमको सानाे भेरी नदीमा दुई जना बालिका मृत भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरीि पुनका अनुसार, मृत भेटिनेमा बाफिकोट गाउँपालिका- ३ का १२ वर्षीया कल्पना ओली र १४ वर्षीया उर्मिला ओली रहेका छन्। उनीहरू दुवै जना एकै घरका दिदीबहिनी हुन्।
उनीहरु बाफिकाेट गाउँपालिका-३ काे भाम्लेस्थित सानाे भेरी नदीमा मृत अवस्थामा फेला परेका हुन् ।
यस्तै १२ वर्षीया सपना ओली अझै बेपत्ता रहेकाे उनले बताए । 'उनकाे खाेजीकार्य भइरहेकाे छ,'उनले भने।
उनीहरु साेमबार मुसिकाेट नगरपालिका-१ भलखाेलामा विवाह खान भन्दै घरबाट निस्किएका थिए ।
'खाेला तर्दा बगेकाे हुन सक्ने अनुमान छ,'उनले भने,' यद्यपि घटनाबारे अनुसन्धान पछि मात्र थाहा हाेला ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण