आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

श्रीमतीको क्यान्सर उपचारपछि गायक हेमन्त, ‘स्वदेशमै गुणस्तरीय उपचार सम्भव छ’

मङ्गलबार, २६ फागुन २०८२, १४ : ५३
मङ्गलबार, २६ फागुन २०८२

काठमाडौँ । गायक हेमन्त शर्माले क्यान्सरको गुणस्तरीय उपचार नेपालमै सम्भव भएको बताएका छन् ।

नेपालमै उपचारपछि आफ्नी श्रीमती रितु शर्माको स्तन क्यान्सर ठिक भएको खुसी सामाजिक सञ्जालमा सेयर गर्दै क्यान्सरको उपचारका लागि विदेश नै जानुपर्ने बाध्यता नरहेको उनले बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ६ महिना लामो जटिल उपचार प्रक्रियापछि श्रीमती रितु क्यान्सर मुक्त भएको जानकारी दिए । क्यान्सरको स्वदेशमै गुणस्तरीय उपचार सम्भव रहेको समेत बताएका छन् ।

उनले लेखेका छन्, ‘गत भदौको तेस्रो साता डाइलासिसमार्फत सुरु भएको स्तन क्यान्सरको मुख्य चरण ८ पटक किमोथेरापी, डबल मास्टेक्टोमी (शल्यक्रिया) र १५ पटक रेडिएसन सेसन नेपाल क्यान्सर हस्पिटल, ललितपुरमा हालै पूरा भएकोछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप