न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन, ‘सामान्य वास्तविकता’ बन्नुपर्छः महान्यायाधिवक्ता भण्डारी
काठमाडाैँ । महान्यायाधिवक्ता सविता भण्डारीले न्याय सेवामा महिलाको उपस्थिति अब ‘समाचार’ नभई ‘सामान्य वास्तविकता’ बन्नुपर्ने बताएकी छन् । सर्वोच्च अदालतद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्यायपालिकामा महिलाको बढ्दो सहभागिताले न्याय प्रणालीलाई अझ समावेशी, संवेदनशील र सन्तुलित बनाएको बताएकी हुन् ।
महिलाहरूले पारिवारिक र पेसागत जीवनको सन्तुलन मिलाउँदै ‘ग्लास सिलिङ’ तोडेर अघि बढेको उनले बताइन् । उनले महिलाको सफलता केवल योग्यताको मात्र नभई दृढ निश्चय र धैर्यताको प्रतिफल भएको बताइन्।
यद्यपि समाजले अझै पनि महिलाको नेतृत्वलाई सहज रूपमा स्वीकार गर्न नसकेको बताइन्। सबै सामाजिक अवरोधहरूलाई चिरेर अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ ।
उनले भने, ‘न्याय सेवामा महिला हुनु समाचार होइन, सामान्य वास्तविकता हुनेछ । आजको दिन हामीलाई अर्को महत्वपूर्ण सन्देश पनि दिएको छ । न्याय प्रणालीमा समन्वय र सहकार्यको आवश्यकता छ । न्यायपालिका, महान्यायाधिवक्ताको कार्यालय तथा न्याय प्रशासनसँग सम्बन्धित सबै निकायहरूबिचको सहकार्य र समन्वयले मात्र न्याय प्रणालीलाई अझ प्रभावकारी र विश्वसनीय बनाउन सक्छ । हामी सबैले आआफ्नो स्थानबाट न्याय, समानता र मानव जातिको गरिमाको संरक्षणका लागि दृढ प्रतिवद्धता व्यक्त गर्न आवश्यक छ । महिलाको सशक्तिकरण, न्यायपालिकाको स्वतन्त्रता र कानूनको शासनलाई सुदृढ बनाउने कार्यमा हामी सबै मिलेर अघि बढ्नुपर्छ ।’
न्यायाधीशहरू कानुनको शासनका संरक्षक र नागरिकको विश्वासको अन्तिम आधार भएको उल्लेख गर्दै उनले महिला न्यायाधीश तथा अधिकृतहरूलाई आफ्नो नेतृत्व क्षमता, सिर्जनात्मक सोच र निर्णय क्षमता निरन्तर अभिवृद्धि गर्न सुझाव दिइन्।
साथै न्याय प्रणालीलाई अझ प्रभावकारी र विश्वसनीय बनाउन न्यायपालिका, महान्यायाधिवक्ताको कार्यालय र न्याय प्रशासनसँग सम्बन्धित सबै निकायबिच बलियो समन्वय र सहकार्य हुनुपर्नेमा उनले जोड दिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण