रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार
बुधबार, २७ फागुन २०८२, १० : ३७
सारांश
- रास्वपाका सभापति रवि लामिछानेले निर्वाचनमा ९ लाख ८९ हजार ९८७ खर्च गरेको बताएका छन्।
- लामिछानेले चितवन-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका थिए।
- चुनावी खर्च विवरणअनुसार यातायात र इन्धनमा सबैभन्दा बढी खर्च भएको देखिन्छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार ९८७ रहेको बताएको छ । फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लामिछाने चितवन–२ बाट विजयी भएका थिए ।
बुधबार सार्वजनिक गरेको खर्च विवरण अनुसार सबैभन्दा बढी यातायात र इन्धनमा २ लाख ९५ हजार खर्च भएको छ । यसैगरी खाद्यान्न र रासनमा एक लाख ९६ हजार, गोष्ठी तथा भेलामा एक लाख ८० हजार खर्च भएको विवरणमा उल्लेख छ ।
लामिछानेले मंगलबार निर्वाचन आयोगको कार्यालयमा चुनावी खर्च विवरण पेस गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
-
अन्योलमै बित्यो दिन, न सुरु भयो बन्दसत्र न प्रकाशन भयो नामावली (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण