रविलक्ष्मीलाई घाइते बनाएको अभियोगमा युवकविरुद्ध आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता
सारांश
- भदौ २४ मा जेनजी आन्दोलनमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको घरमा आगजनी र पत्नी रविलक्ष्मी चित्रकार घाइते बनाएको आरोपमा मुद्दा दर्ता।
- बझाङका दिलबहादुर खातीविरुद्ध आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दायर, १० करोड ३४ लाख ५० हजार क्षतिपूर्ति माग।
- अभियोग पत्र अनुसार, जेनजी समूहले खनालको घरमा आगजनी गर्दा चित्रकारलाई ज्यान मार्ने प्रयास गरिएको थियो, खाती फरार छन्।
काठमाडौँ । गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालको डल्लुस्थित घरमा आगजनी गरेर उनकी पत्नी रविलक्ष्मी चित्रकारलाई घाइते बनाएको अभियोगमा एक युवकविरुद्ध आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।
बझाङको जयपृथ्बी नगरपालिका ११ घर भएका ३६ वर्षिय दिलबहादुर खातीविरुद्ध साेमबार मुद्दा दायर भएको हो । प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान गरी जिल्ला अदालतमा उनीविरुद्ध आपराधिक उपद्रह र ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको हो।
सरकारी वकिल कार्यालयले खाती विरुद्ध 'ज्यान मार्ने उद्योग' र 'अपराधिक उपद्रव'को कसूरमा १० करोड ३४ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति र कैद सजायको माग दाबी गर्दै अभियोग पत्र दर्ता गरेको हो।
अभियोग पत्रका अनुसार गत २०८२ भदौ २४ गते जेनजी समूहले नेपाल सरकार विरुद्ध गरेको प्रदर्शनको क्रममा प्रदर्शनकारीहरू पूर्व प्रधानमन्त्री खनालको घरमा प्रवेश गरेका थिए ।
सो समूहले खनालकी पत्नी एवं जाहेरवाला रवि लक्ष्मी चित्रकार र उनको परिवारलाई गालीगलौज गर्दै सुरक्षा दस्तालाई तितरबितर पारेका थिए ।
भिडले खनालको घरको ग्यारेजमा रहेको सरकारी गाडी (प्रदेश ०३–०१–००२ झ ५१८७) र घरभित्रका सरसामानमा प्रज्वलनशील पदार्थ प्रयोग गरी आगजनी गरेका थिए । सो समयमा घरभित्रै रहेकी ७० वर्षीया रवि लक्ष्मी चित्रकारलाई ज्यान मार्ने नियतले घर बाहिर निस्कन नदिई आगो लगाइएको दाबी गरिएको छ।
अभियुक्त खाती भने फरार छन् । सामाजिक सञ्जालको भिडियोमार्फत प्रहरीले उनको पहिचान गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण