दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा
सारांश
- काठमाडौँको निजामती कर्मचारी अस्पतालको उपचार सेवा अब दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि लिन सकिनेछ।
- दुवै संस्थाबीच भएको सम्झौताअनुसार, निजामती कर्मचारी र आश्रित परिवारले उपचारमा ४०% सम्म छुट पाउनेछन्।
- अवकाशप्राप्त कर्मचारीलाई ५०% छुटको व्यवस्था छ, तर ओपिडी, एम्बुलेन्स र औषधिमा यो लागु हुने छैन।
बुटवल । काठमाडौँको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालबाट पाइने उपचार सेवा अब दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि लिन सकिने भएको छ। यसका लागि बुधबार दुवै संस्थाबीच सेवा विस्तारसम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहन चन्द्र रेग्मी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बहालवाला निजामती कर्मचारी तथा उनीहरूका आश्रित परिवारले निजामती अस्पतालमा पाइने उपचार सुविधा अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि प्राप्त गर्न सक्नेछन्। आश्रित परिवारअन्तर्गत बुवा, आमा, श्रीमान् वा श्रीमती तथा २१ वर्षभन्दा कम उमेरका दुई सन्तान गरी अधिकतम ६ जनासम्मलाई उपचार सेवामा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
त्यस्तै अवकाशप्राप्त निजामती कर्मचारीलाई सबै प्रकारका सेवामा ५० प्रतिशत छुट दिइनेछ। तर यो सुविधा ओपिडी सेवा, एम्बुलेन्स र औषधिमा भने लागू नहुने जनाइएको छ।
उपचार सुविधा लिन कर्मचारीको विवरण निजामती किताबखानामा दर्ता भएको हुनुपर्ने व्यवस्था गरिएको छ। अस्पतालले सफ्टवेयरमार्फत किताबखानाको अप्टिकल फाइबर नेटवर्कसँग जोडेर कर्मचारीको विवरण प्रमाणीकरण गर्नेछ। विवरण दर्ता नभएको अवस्थामा सम्बन्धित कार्यालय प्रमुखको सिफारिस आवश्यक पर्नेछ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले यो सेवा २०८३ साल वैशाख १ गतेदेखि सुरु गर्ने तयारी गरेको जनाएको छ। निमित्त उपकुलपति लम्सालका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये निजामती कर्मचारीका लागि यस्तो पहल गर्ने राप्ती पहिलो संस्था हो।
निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक रेग्मीले देशका सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनाअनुसार यो सहकार्य गरिएको बताए। सम्झौतामा उपचार सेवासँगै जनशक्ति तालिम तथा स्वास्थ्य अनुसन्धानका क्षेत्रमा पनि दुवै संस्थाबीच सहकार्य गर्ने उल्लेख गरिएको छ।
पछिल्लो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रम तथा विशिष्टीकृत अस्पताल सेवाको विस्तारलाई तीव्रता दिँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण