बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

के हो हेपाटाइटिस ?  हेपाटाइटिसबारे तपाईँलाई थाहा नहुन सक्छ विश्वव्यापी तथ्यहरु

शनिबार, १२ साउन २०७५, ११ : ५२
शनिबार, १२ साउन २०७५

डा. अखिलेश कुमार कश्यप  
 

हेपाटाइटिस भन्नाले विभिन्न संक्रमणका कारणले कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ । हेपाटाइटिस ए देखी इ सम्म गरी जम्मा पाँच प्रकारका हुन्छन् ।
आजको यस आर्टिकलमा हामी तुलनात्मक रुपमा बढी घातक मानिएको हेपाटाइटिस बि र हेपाटाइटिस सि का बारेमा चर्चा गर्दैछौं । 
नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत करिव दुईलाख पचासहजार मानिसहरुमा हेपाटाइटिस B र लगभग एकलाख तीस हजार मानिसमा हेपाटाइटिस अनुमान गरिएको छ । हेपाटाइटिस बि र हेपाटाइटिस सि का कारण हरेकबर्ष संसारमा तेह्रलाख मानिसको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका छन् । 
यसले के गर्छ?
हरेपाटाइटिस  हेपाटाइटिस बि र हेपाटाइटिस सि ले कलेजोलाई गम्भिर किसिमको क्षति गराएर कलेजोको क्यान्सर गराउदछ र मानिसको अकाल मृत्यु हुन्छ ।
कलेजोको क्यान्सर गराउने कारणहरुमध्ये आधाभन्दा बढी हरेपाटाइटिस  हेपाटाइटिस बि र हेपाटाइटिस सि ले गराउने गरेको बिभिन्न अध्ययनहरुले देखाएका छन् ।
क्यान्सबाट मृत्यु हुने १२ जना मध्ये एकजना कलेजोको क्यान्सर बाट मर्ने गर्दछन् । पछिल्ला दिनहरुमा एचआइभि एड्स , क्षयरोग र मलेरिया नियन्त्रण तथा उपचारमा लगानी बढाइएपनि हेपाटाइटिसमा ध्यान जान नसकेका कारण  यसबाट हुने मृत्युदर बढ्दो क्रममा रहेको छ ।
यसबारे खतरनाक र आश्चर्यजनक तथ्य के छ भने, हेपाटाइटिस बि को संक्रमण भएका ९० प्रतिशत मानिहरुलाई र हेपाटाइटिस सि को संक्रमण भएका ८० प्रतिशत मानिसहरुलाई यसबारे जानकारी नै नभएको हुनाले उनीहरुले आफन्त र साथीभाईलाई पनि संक्रमित बनाइरहेका छन् ।
हरेपाटाइटिस-बि आमाबाट बच्चामा सर्ने उच्च जोखिम रहन्छ । जसमा ८० देखी ९० प्रतिशत बच्चाहरुमा हेपाटाइटिस बि दिर्घरुपको संक्रमणको रुपमा देखिन्छ जसमध्ये एक चौथाई युवा अवस्थामा नै अकाल मृत्युवरण गर्न बाध्य हुन्छन् ।
 भाइरल हेपाटाइटिसबारे बिश्वब्यापी तथ्यहरु 
•    हेपाटाइटिस बि र सि बाट हुने मृत्युदर एचआइभि एड्स, क्षयरोग र मलेरियाबाट हुने मृत्युदर भन्दा बढी छ ।
•    कलेजोको क्यान्सरबाट मृत्यु हुने तिन मध्ये दुईको कारण हेपाटाइटिस बि र सि हुन् ।   
•    संसारभरका ३० करोड भन्दा बढी मानिसहरुलाई आफु संक्रमित भएको थहा नै छैन ।
•    एकहजार भन्दा कम मूल्यमा पाईने खोप उपलब्ध भएतापनि संसारका ४८ वटा देशमा अझै बालबालिकालाई यो खोप दिइएको छैन ।
•    क्यान्सबाट मृत्यु हुने १२ जना मध्ये एकजना कलेजोको क्यान्सर बाट मर्ने गर्दछन् ।
•    नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत करिव दुईलाख पचासहजार मानिसहरुमा हेपाटाइटिस B र लगभग एकलाख तीस हजार मानिसमा हेपाटाइटिस C अनुमान गरिएको छ ।

 
भाइरल हेपाटाइटिस बी र सी बाट सर्ने कारण तथा बच्ने तरिकाहरु 
•    संक्रमित आमाबाट यो रोग बच्चामा सजिलै सर्न सक्ने भएकाले गर्भवति भएका बेलामा हेपाटाइटिस बि र सि को परिक्षण गर्ने । (हेपाटाइटिस बि मा यो संभावना बढी हुन्छ।)
•    आइभि ड्रग युजर्सहरुमा यो रोग सार्ने जोखिम बढि रहन्छ त्यसैले एक आपसमा सिरिन्ज सेयर गर्नु हुँदैन ।
•    रक्तसंचारका क्रममा साबधानी अपनाउने र हेपाटाइटिस बि र सि को परिक्षण गरेरमात्र रक्तदान गर्ने ।
•    मेडिकल उपकरण तथा औजारहरुलाई स्टेरिलाईजेशन नगरी दाँतको उपचार तथा अन्य मेडिकल प्रोसिजर गर्दा यो रोग सर्ने संभावना बढी हुन्छ ।
•    असुरक्षित यौन सम्पर्क राख्दा यो रोग सर्ने संभावना बढी हुन्छ । (हेपाटाइटिस बि मा यो संभावना बढी हुन्छ।)
•    ट्याटु खोप्दा प्रयोग हुने उपकरण तथा औजारहरुलाई स्टेरिलाईजेशन नगरेको औजार प्रयोग गर्दा यो रोग सर्ने संभावना बढी हुन्छ । हेपाटाइटिस सि मा यो संभावना बढी हुन्छ।)
•    ब्यक्तिगत सरसफाइमा प्रयोगहुने औजार तथा उपकरण जस्तैः टुथ ब्रस, रेजर आदि शेयर गर्दा यो रोग सर्ने संभावना बढी हुन्छ ।
•    एकहजार भन्दा कम मूल्यमा पाईने खोप लगाएर आफुलाई हेपाटाइटिस बि भन्ने घातक रोगबाट सुरक्षित गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप