इरान युद्धको पहिलो ६ दिनमा ११ अर्ब ३० करोड डलर खर्च
वासिङ्टन डिसी । अमेरिका–इरान युद्धको पहिलो छ दिनमै अमेरिकाले ११ अर्ब ३० करोड डलरभन्दा बढी खर्च गरेको अनुमान गरिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरूले यस्तो प्रारम्भिक लागत विवरण दिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
समाचारअनुसार सैन्य अधिकारीहरूले मंगलबार अमेरिकी सांसदहरूलाई बन्द बैठकमा युद्धको खर्चबारे जानकारी दिएका थिए । द न्यूयोर्क टाइम्स र एनबीसी न्यूजले अज्ञात स्रोतलाई उद्धृत गर्दै यो विवरण सार्वजनिक गरेका हुन् ।
रिपोर्टका अनुसार युद्ध सुरु भएको पहिलो छ दिनमै करिब ११ अर्ब ३० करोड डलर खर्च भएको अनुमान गरिएको छ । तर यो रकम पूर्ण लागत भने होइन । रिपोर्टमा भनिएअनुसार पहिलो आक्रमणअघि मध्यपूर्व क्षेत्रमा सैनिक, हतियार तथा सैन्य उपकरण पठाउने तयारीमा लागेको खर्च यो अनुमानमा समावेश गरिएको छैन । त्यसैले युद्धको वास्तविक खर्च यस भन्दा धेरै बढी हुन सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण