इरानले बढायो खाडी क्षेत्रका ऊर्जा पूर्वाधारमा आक्रमण
सारांश
- इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधारमा आक्रमण बढाएको छ, जसले चिन्ता बढाएको छ।
- बहराइन र ओमानमा इन्धन ट्यांकी र जहाजमा आक्रमण भएका छन्, जसमा तीन नाविक बेपत्ता छन्।
- इरानले हर्मुज जलडमरूमध्यबाट गुड्ने जहाजलाई अनुमति लिन र अमेरिकालाई उक्त मार्ग प्रयोग गर्न नदिने चेतावनी दिएको छ।
तेहरान । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र बनाएको भन्दै क्षेत्रभरि चिन्ता बढेको छ । पछिल्ला केही घण्टामा बहराइनमा इन्धन भण्डारण ट्यांकीहरूमा आक्रमण भएको खबर आएको छ ।
यसअघि बुधबार सलालाह बन्दरगाह सहरमा रहेका इन्धन ट्यांकीहरूमा ड्रोन आक्रमण भएको थियो । त्यही दिन हर्मुज जलडमरु क्षेत्रमा एउटा मालवाहक जहाज पनि निशाना बनाइएको थियो । घटनामा तीन नाविक अझै बेपत्ता रहेको बताइएको छ भने ओमानको शाही नौसेनाको तटरक्षक बलले २० जना नाविकलाई उद्धार गरेको छ ।
यो घटना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा जहाजलाई निशाना नबनाउन र माइन नबिछ्याउन इरानलाई चेतावनी दिएको केही समयपछि भएको बताइएको छ । इरानी पक्षले भने थाइल्याण्डको झण्डा बोकेको जहाजले आफ्ना आदेश बेवास्ता गरेको कारण त्यसलाई निशाना बनाइएको दाबी गरेको छ । इरानले हर्मुज जलडमरूमध्यबाट गुड्ने सबै जहाजले आफ्नो अनुमति लिनुपर्ने भन्दै चेतावनी दिएको छ ।
इरानले अमेरिका र उसका सहयोगी देशहरूलाई पनि उक्त जलडमरूमध्य प्रयोग गर्न नदिने चेतावनी दिएको छ । विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही साँघुरो समुद्री मार्गबाट हुने भएकाले त्यहाँको सुरक्षा अवस्थाले विश्व ऊर्जा बजारमा ठूलो प्रभाव पार्ने देखिएको छ । इरानमा युद्ध चर्किदै गएसँगै हालैका दिनमा विश्व बजारमा कच्चा तेलको भाउमा तीव्र उतारचढाव आइरहेको छ । बिहीबार पनि तेलको अन्तरराष्ट्रिय बेञ्चमार्कको भाउ बढेर प्रतिब्यारेल सय डलर माथि उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण