जेनजी प्रदर्शन हुँदा हिरासतबाट भागेकी महिला लागुऔषध सहित पक्राउ
बिहीबार, २८ फागुन २०८२, ११ : २४
सारांश
- काठमाडौं प्रहरी हिरासतबाट भागेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
- धनकुटाकी ३० वर्षीया सविना अधिकारीलाई नागढुंगाबाट पक्राउ गरिएको हो।
- उनलाई ८८ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ र थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । जेनजी प्रदर्शन हुँदा काठमाडौँ प्रहरीको हिरासतबाट भागेका एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर–७ घर भएकी ३० वर्षीया सविना अधिकारी बुधवार काठमाडौँको नागढुंगाबाट पक्राउ परेकी हुन् ।
राजविराजबाट आउँदै गरेको बा.प्रदेश–००१–००६ ख ७४२० नम्बरको बसमा सवार आरोपीको साथबाट ८८ ग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।
यसअघि ब्युरोले उनलाई १ सय ग्राम खैरो हेरोइनसहित पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेको थियो । जेनजी प्रदर्शन हुँदा उनी भदौ २४ मा हिरासतबाट भागेका थिइन् । आरोपीमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण