सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार
जुम्ला । जुम्लामा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ। तिला गाउँपालिका वडा नम्बर ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको बिहीबार नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो।
कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भए पछि स्वास्थ्यमा गम्भीर समस्या देखिदा उनलाई थप उपचारका लागि जुम्ला बाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।
घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समय सम्म व्यथा लागेर अवस्था जटिल भए पछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो ।
तर, प्रतिष्ठानमा शल्यक्रिया गरिए पनि थप समस्या देखिए पछि उनलाई थप उपचारका लागि सुर्खेत लैजानु पर्ने अवस्था आएको प्रतिष्ठानले बताएको छ।
जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वय र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको सहयोगमा उनलाई हेलिकोप्टर मार्फत सुर्खेत पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण