शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ग्लोबल आइएमईद्वारा विदेशमा रहेका नेपालीका लागि नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग सुरु

बिहीबार, २८ फागुन २०८२, १७ : ०९
बिहीबार, २८ फागुन २०८२

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई लक्षित गरी छुट्टै नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग स्थापना गरेको छ । 

बिहीबार बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक विशेष कार्यक्रमबिच यस विभागको औपचारिक शुभारम्भ गरेका हुन् ।

नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागले विश्वभर छरिएर रहेका नेपालीहरूलाई एकद्वार प्रणालीमार्फत पूर्ण बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।
नयाँ विभागमार्फत विदेशमा रहेका नेपालीले बैंक खाता खोल्ने, कर्जा लिने, ट्रान्जेक्सन बैंकिङ, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन जस्ता सेवाहरू सहजै प्राप्त गर्न सक्नेछन् । 

बैंकको नक्सालस्थित कार्यालय, इमेल, भाइबर, ह्वाट्सएप र विभिन्न देशमा रहेका प्रतिनिधि कार्यालयमार्फत ग्राहकले यी सेवाहरू लिन सक्नेछन्। बैंकले भविष्यमा यो सेवालाई २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ, जसले गर्दा भौगोलिक दूरी र समयको अवरोध बिना नै नेपालीहरूले मातृभूमिसँग बैंकिङ सम्बन्ध जोड्न पाउनेछन् ।

विभागको उद्घाटन गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरू नेपालको विकासका महत्वपूर्ण साझेदार रहेको र यो सेवाले उनीहरूलाई स्वदेशको लगानी र परिवारसँग जोड्न थप मद्दत पुग्ने बताए ।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंक अब आप्रवासी नेपालीहरूसँग दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्ने नयाँ चरणमा प्रवेश गरेको उल्लेख गरे। रेमिट्यान्स सेवाका अतिरिक्त विदेशबाटै नेपालमा लगानी गर्न चाहनेहरूका लागि यो विभागले सेतुको काम गर्ने बैंकको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप