चितवनमा धेरै भारी वर्षा: यस्तो छ राति र शुक्रबारको अवस्था
सारांश
- चितवनमा पछिल्लो १२ घण्टामा १२६ मिलिमिटर वर्षा भयो ।
- गोरखा र उदयपुरमा पनि धेरै वर्षा भएको मापन गरियो ।
- आज राति र शुक्रबार देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।
काठमाडौँ । पछिल्लो १२ घण्टामा चितवनमा धेरै भारी अर्थात् १२६ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार चितवनपछि गोरखा र उदयपुरमा धेरै भारी नजिक वर्षा भएको छ ।
विभागको मापन केन्द्रमा रेकर्ड भएको विवरणअनुसार गोरखामा ८१।२ मिलिमिटर वर्षा भएको छ भने उदयपुरमा ९० मिलिमिटर वर्षा भएको छ । मौसम विज्ञान विभागले १०० मिलिमिटरभन्दा माथि वर्षा भएमा त्यसलाई धेरै भारी वर्षा भएको भनेर परिभाषित गर्ने गरेको छ । यस्तै, लमजुङमा पनि ७६ मिलिमिटर वर्षा भएको छ ।
यस्तै अन्य केही जिल्लामा भारी वर्षा मापन भएको छ । जसअनुसार इलाममा ५०, झापामा ५४।४, सिन्धुपाल्चोकमा ४५।६, नुवाकोटमा ४३, मिलिमिटर वर्षा भएको छ । यी सबै मापन केन्द्रमा भारी वर्षा भएका हुन् ।
अन्य दुई दर्जन बढी मापन केन्द्रहरूमा २० मिलिमिटरभन्दा कम वर्षा भएका छन् । अहिले पनि इलाम, झापा, सिन्धुली, दोलखा, नुवाकोट, लमजुङलगायत जिल्लामा वर्षा भइरहेको छ । चितवनलगायत केही जिल्लामा भने रोकिएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
अहिले कोशी, बागमती गण्डकी लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हुरी बताससहित वर्षा भइरहेको छ ।
आज राति र शुक्रबारको अवस्था
आज राति देशभर साधरणतया बादल लाग्ने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
शुक्रबार कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागका थोरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण