एमाले नेता थापाको अन्त्येष्टि शनिबार गरिने, आइतबार पोखरामा सार्वजनिक बिदा
सारांश
- पोखराका पूर्व मेयर कृष्णबहादुर थापाको निधन भएको छ र शनिबार अन्त्येष्टि गरिनेछ।
- हृदयघातका कारण निधन भएका थापाको शव मणिपाल शिक्षण अस्पतालमा राखिएको छ।
- पोखरा महानगरपालिकाले थापाको निधनमा शोक व्यक्त गर्दै चैत १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
पोखरा । पोखरा उपमहानगरपालिकाका तत्कालीन मेयर गण्डकी प्रदेश सभाका पूर्व सांसद तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णबहादुर थापाको अन्त्येष्टि शनिबार गरिने भएको छ ।
बिहीबार हृदयघातका कारण निधन भएका उनको शव मणिपाल शिक्षण अस्पतालमा राखिएको छ । शनिबार अन्त्येष्टि गर्ने तयारी भइरहेको एमाले कास्कीले जनाएको छ ।
पूर्वमेयर थापाको निधनमा शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उनी २०५४ देखि २०५९ सालसम्म पोखराको मेयरको रूपमा कार्यरत थिए ।
एमाले कास्कीले पार्टी कार्यालयमा थापाको शवलाई श्रद्धाञ्जलीका लागि राख्ने जनाएको छ । जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार बिहान ८ देखि १० बजेसम्म जिल्ला पार्टी कार्यालयमा र १०ः४५ देखि १०ः४५ सम्म महानगरपालिकाको प्राङ्गण दमकल राख्ने ठाउँमा उनको शव राख्ने बताइएको छ।
११ बजे पोखरा १६ बाटुलेचौरबाट थापाको शवयात्रा सुरु हुने पार्टीले जनाएको छ । नेता थापाको निधनमा नेकपा एमाले कास्कीले फागुन ३० गतेदेखि चैत २ गतेसम्म (३ दिन) जिल्ला तथा मातहतका सबै पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
साथै जिल्ला पार्टी कार्यालयमा शोक पुस्तिका राखिने र यसअघि तय भएका बैठक, भेला लगायतका सम्पूर्ण औपचारिक कार्यक्रमहरू चैत ३ गतेसम्मका लागि स्थगित गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण