तस्विर र भिडियोमा हेर्नुहोस् बेइजिङको सर्कसको दुनियाँ
काठमाडौँ । चीनको बेइजिङ सहरमा प्रसिद्ध चाओयाङ थिएटर रहेको छ । सन् १९८४ मा बनेको यो थिएटर ३ हजार वर्ग मिटरमा बनेको छ ।
करिब १४ सय दर्शक अटाउने यो थिएटर विशेष गरेर एक्रोब्याटिक शो र पेकिङ ओपरेकाको लागि चर्चित छ ।
बेइजिङको चाओयाङ जिल्लामा रहेको यो क्षेत्रमा विदेशी राजदूतावास तथा व्यावसायिक केन्द्रहरु पनि रहेका छन् । चीनमा चाओयाङको अर्थ ‘सूर्यतर्फ फर्किएको’ हो ।
बेइजिङ भ्रमणमा जाँदा धेरैले छुटाउन नहुने ठाउँमा यो थिएटरलाई पनि राखिन्छ ।
यहाँ हरेक दिन दुई वटा शोको आयोजना गरिन्छ । जहाँ चिनियाँ कलाकारहरुले अद्भूत सर्कसको कला प्रस्तुत गर्दछन् ।
पारम्परिक सिंह नाच, आगोको स्टन्ट, मोटरसाइकल र साइकलको स्टन्टदेखि विभिन्न विधाका रोचक एक्रोब्याटिक प्रस्तुतीहरु यहाँ हेर्न पाइन्छ ।
यो सर्कस हेर्दा बेलाबेला तपाईंको मुटु नै सिरिङ्ग हुनेगर्छ, विशेष गरेर कुर्सीको अग्लो चाङमाथि कलाकारको प्रस्तुती र मोटरसाइकलहरुको स्टन्ट हेर्दा ।
आधुनिक बेइजिङ सहरको बीचमा यहाँ पारम्परिक बेइजिङको झल्को पाउन सकिन्छ ।
हेरौँ केही तस्विर र भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण