केन्यामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६२ पुग्यो
केन्या । केन्यामा भारी वर्षा पछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या ६२ जना पुगेको सरकारले जानकारी दिएको छ । आन्तरिक तथा राष्ट्रिय प्रशासन मन्त्रालयका अनुसार, मृतकमा ४६ पुरुष, ८ महिला र ८ बालबालिका रहेका छन् ।
मन्त्रालयले नाइरोबीमा सबैभन्दा बढी ३३ जनाको मृत्यु भएको, त्यसपछि पूर्वी क्षेत्र १७ र रिफ्ट भ्याली क्षेत्रमा ७ जनाको मृत्यु भएको जानकारी दिएको छ । सरकारले बाढीले १० हजार भन्दा बढी परिवार प्रभावित भएको र ४ हजार ८४५ जनालाई सुरक्षित ठाउँमा सरेर बस्न बाध्य भएको जनाएको छ ।
भारी वर्षाका कारण पूर्वी अफ्रिकी राष्ट्रका विभिन्न भागमा बाढी आएको, सडक अवरुद्ध भएका, सम्पत्ति नष्ट भएका र प्रभावित समुदायमा असहज अवस्था सिर्जना भएको बताइएको छ ।
मृत्युसँगै पूर्वाधार र जीविकोपार्जनमा पनि ठूलो क्षति भएको छ । केन्या मौसम विभागले आगामी दिनमा पनि भारी वर्षा हुने पूर्वानुमान जारी गरेको र जीवनरक्षाका लागि अत्यन्त सतर्क रहन स्थानीयबासीलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण