एमालेको संरचना र कार्यशैली रिसेट गर्नुपर्ने बेला आयो, जनमतलाई षड्यन्त्र भन्नु आत्मघाती: सुरेन्द्र पाण्डे
सारांश
- एमाले नेता सुरेन्द्र पाण्डेले पार्टीको सञ्चालन शैलीलाई जनताले अस्वीकार गरेको बताए।
- उनले निर्वाचनको नतिजालाई षड्यन्त्र भन्नु गलत भएको र पार्टी पुनर्संरचना आवश्यक रहेको उल्लेख गरे।
- पाण्डेले ठूलो मतान्तरलाई अन्तर्घातको संज्ञा दिनु जनताको विवेकको अपमान हुने तर्क गरे।
काठमाडौँ । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान सञ्चालन पद्धति र कार्यशैलीलाई जनताले पूर्ण रूपमा अस्वीकार गरेको टिप्पणी गरेका छन् । निर्वाचनमा प्राप्त परिणामलाई षड्यन्त्र वा अन्तर्घातको नाम दिएर नेतृत्व उम्किन नमिल्ने भन्दै उनले पार्टीको समग्र संरचना नै रिसेट गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेता पाण्डेले जनताले मतपत्रमार्फत अस्वीकार को कठोर फैसला सुनाइसकेको अवस्थामा सत्य बोल्ने कार्यकर्तालाई कारबाहीको धम्की दिनु अविवेकी कार्य हुने बताएका छन् । उनले भने, ‘यति ठुलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने नैतिक आधार अब नेतृत्वसँग कति बाँकी छ?’
चुनावमा देखिएको ४०–५० हजारको विशाल मतान्तरलाई अन्तर्घातको सामान्य पगरी गुथाउनु जनताको विवेकको अपमान हुने पाण्डेको तर्क छ। ‘अन्तर्घातले ५–१० हजार मत तल(माथि होला, तर यति ठुलो अन्तरले पराजित हुनु भनेको एमालेको वर्तमान पद्धति र हठलाई जनताले पूर्ण रूपमा रिजेक्ट गरेको सन्देश हो,’ उनले लेखेका छन् ।
नेता पाण्डेले अबको बाटो आफूलाई बदल्नु नै रहेको स्पष्ट पार्दै पुरानै सोच र शैलीमा अल्झिरहे एमाले थप संकटमा पर्ने संकेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण