नियुक्त नहुँदै बालेनले बनाए 'प्रधानमन्त्री'को इमेल !
आइतबार, ०१ चैत २०८२, ०६ : २४
१
सारांश
- वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको इमेल फेसबुकमा राखेका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याएपछि बालेन प्रधानमन्त्री बन्ने तयारीमा छन्।
- निर्वाचन आयोगको नतिजापछि नयाँ सरकार गठनको तयारी भइरहेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो आधिकारिक फेसबुक पेजमा 'प्रधानमन्त्री'को इमेल समावेश गरेका छन् । आधिकारिक रूपमा प्रधानमन्त्री नियुक्त नहुँदै उनले बालेन फर पीएम नेपाल ([email protected]) नामको इमेल सामाजिक सञ्जालमा समावेश गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सुविधाजनक बहुमत ल्याएसँगै बालेन नेपालको प्रधानमन्त्री बन्ने तयारीमा छन् । सो पार्टीले विधान संशोधन नै गरेर शाहलाई संसदीय दलको नेता चुन्दैछ ।
निर्वाचन आयोगको पूर्ण नतिजा सार्वजनिक भइसकेकोले छिटै नयाँ सरकार गठन हुन गइरहेको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता शाह मन्त्री छनोटमा व्यस्त छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण