आर्सनलको जितमा १६ वर्षे डोम्यानले रचे इतिहास
सारांश
- आर्सनलले एभर्टनलाई पराजित गर्दै प्रिमियर लिगमा शीर्ष स्थान थप बलियो बनायो, म्यानचेस्टर सिटीभन्दा ९ अंकको अग्रता लियो।
- खेलको अन्तिम समयमा १६ वर्षीय म्याक्स डोम्यानले गोल गर्दै प्रिमियर लिग इतिहासकै सबैभन्दा कान्छो गोलकर्ताको कीर्तिमान बनाए।
- भिक्टर ग्योकेरेसले गोल गरेपछि डोम्यानले गोल थप्दै आर्सनलको जित सुनिश्चित गरे, जसले गर्दा उपाधि होडमा ठूलो अग्रता कायम भयो।
लन्डन । प्रिमियर लिगको उपाधि होडमा रहेको आर्सनलले एभर्टनमाथि रोमाञ्चक जित निकाल्दै तालिकाको शीर्ष स्थानमा आफ्नो पकड थप बलियो बनाएको छ। इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले एभर्टनलाई पराजित गर्दै दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ९ अंकको स्पष्ट अग्रता कायम गरेको हो।
यस ऐतिहासिक रातमा १६ वर्षीय युवा खेलाडी म्याक्स डोम्यान प्रिमियर लिग इतिहासकै सबैभन्दा कान्छो गोलकर्ता बन्न सफल भएका छन्। खेलको निर्धारित ९० मिनेट सकिन लाग्दा सम्म एभर्टनले आर्सनललाई गोलरहित बराबरीमा रोकेर कडा चुनौती दिएको थियो।
तर, ८९ औँ मिनेटमा वैकल्पिक खेलाडी भिक्टर ग्योकेरेसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्डले म्याक्स डोम्यानको क्रसलाई ठम्याउन गल्ती गरेपछि ग्योकेरेसले सहजै बललाई जाली चुमाएका थिए।
खेलको अन्तिम समयमा एभर्टनले बराबरी गोल फर्काउनका लागि गोलरक्षक पिकफोर्ड सहित सबै खेलाडीलाई आर्सनलको पेनाल्टी एरियामा पठाएको थियो। कर्नर प्रहार गर्ने क्रममा पिकफोर्ड आफ्नो पोस्ट छोडेर अगाडि बढेको मौका छोप्दै १६ वर्षीय डोम्यानले दुई डिफेन्डरलाई जिल्याउँदै बल अगाडि बढाए र खाली पोस्टमा गोल गर्दै इतिहास रचे।
१६ वर्ष ७३ दिनको उमेरमा गोल गर्दै उनले सन् २००५ मा जेम्स भनले राखेको १६ वर्ष २७० दिनको कीर्तिमान तोडेका छन्। डोम्यानको यो गोलसँगै रंगशालामा समर्थकहरूको उत्सव छाएको थियो।
खेलको पहिलो हाफमा एभर्टनले पनि गोल गर्ने केही उत्कृष्ट अवसरहरू सिर्जना गरेको थियो। एभर्टनका ड्वाइट म्याकनिलको प्रहारलाई आर्सनलका रिकार्डो कालाफियोरीले उत्कृष्ट ब्लक गरेर बचाएका थिए भने म्याकनिलको अर्को प्रहार पोस्टमा ठोकिएर बाहिरिएको थियो। आर्सनलले पनि पहिलो हाफमा पेनाल्टीको माग गरेको थियो तर रेफ्रीले काई हाभर्टज र माइकल किनबीचको संघर्षलाई पेनाल्टी दिन अस्वीकार गरे।
यो जितसँगै आर्सनलले प्रिमियर लिगको उपाधि दौडमा निकै ठूलो अग्रता लिएको छ। एक खेल बढी खेलेको आर्सनल अहिले म्यानचेस्टर सिटीभन्दा ९ अंकले अगाडि छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण