इरानका विदेशमन्त्री भन्छन् : अमेरिकासँग तत्काल वार्ताको सम्भावना छैन
तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अडानलाई पछि पार्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले इरान अमेरिकासँग वार्ताका लागि तत्काल इच्छुक नभएको बताएका छन् ।
अराघचीले सीबीएसको ‘फेस द नेशन’ लाई दिएको आइतबार प्रसारित एक अन्तर्वार्तामा भने, “हामीले अमेरिकीहरूसँग कुरा गर्नुपर्ने कुनै कारण देख्दैनौं, किनकि हामीले उनीहरूसँग कुरा गरिरहेका समय उनीहरूले हामीलाई आक्रमण गर्ने निर्णय गरेका थिए । अहिले हामी स्थिर र बलियो छौँ। हामी केवल हाम्रा जनताको रक्षा गरिरहेका छौँ।”
उनले स्पस्ट भाषामा भने, “अमेरिकीहरूसँग कुरा गर्ने कुनै राम्रो अनुभव छैन।” ट्रम्पले शनिबार अमेरिकाले इरानसँग सम्झौता चाहेको तर वर्तमान सर्तमा सम्झौता गर्न आफू तयार नभएको बताएका थिए ।
“हामीले कहिल्यै युद्धविरामको लागि आग्रह गरेका छैनौ र हामीले कहिल्यै पनि वार्ताको लागि सोधेका छैनौ,” अराघचीले भने ।
उनले थपे, “इरान ती देशहरूसँग वार्ता गर्न तयार छ जसले छनौट गरिएका तेल ट्याङ्करहरू हर्मुज निर्यात मार्गबाट पार गर्न वार्ता गर्न चाहन्छन्।”
“म कुनै पनि देशको विशेष उल्लेख गर्न सक्दिनँ, तर हामीलाई धेरै देशहरूले सम्पर्क गरेका छन् जो उनीहरूको जहाजहरूको लागि सुरक्षित मार्ग चाहन्छन्,” उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण