रास्वपाका नवनिर्वाचित सांसदहरूलाई विशेष प्रशिक्षण दिइने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित सांसदका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।
- प्रशिक्षण कार्यक्रममा सांसदहरूलाई संसदीय प्रक्रिया र पार्टी नीतिका बारेमा प्रशिक्षण दिइनेछ।
- यो कार्यक्रम चैत ३ र ४ गते काठमाडौंमा हुनेछ, जसले पार्टीको संसदीय यात्रालाई प्रभावकारी बनाउनेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीले आगामी चैत ३ र ४ गते काठमाडौँमा नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया र पार्टीको नीतिबारे प्रशिक्षित गर्न लागेको हो।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नवनिर्वाचित सांसदहरूलाई जिम्मेवारी र संसदीय भूमिकाका विषयमा स्पष्ट पार्न यो प्रशिक्षण कार्यक्रम तय गरिएको हो। पार्टीले सबै नवनिर्वाचित सांसदहरूलाई चैत ३ गते बिहान ९ बजेभित्र काठमाडौँ उपत्यकाको तोकिएको स्थानमा उपस्थित हुन निर्देशन दिएको छ।
प्रशिक्षण कार्यक्रम सोही दिन बिहान १० बजेदेखि औपचारिक रूपमा सुरु हुनेछ। संसद्मा पार्टीको उपस्थिति प्रभावकारी बनाउन र जनसरोकारका मुद्दाहरूलाई कसरी उठाउने भन्ने विषयमा विज्ञहरूले सांसदहरूलाई प्रशिक्षण दिने योजना रहेको छ।
यो प्रशिक्षण कार्यक्रमलाई रास्वपाले आफ्नो संसदीय यात्राको महत्त्वपूर्ण तयारीको रूपमा लिएको छ। महामन्त्री बुर्लाकोटीले सबै सांसदहरूलाई कार्यक्रमको समय र तालिका अनुसार तयारी अवस्थामा रहन सूचित गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण