बाजुराको उच्च भेगमा वर्षात्सँगै हिमपात हुँदा किसान खुसी
बाजुरा । बाजुराको उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।
वर्षासँगै हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । यहाँका बडीमालिका, बूढीगङ्गा त्रिवेणी, बूढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र गाउँहरुमा हिमपात भएको छ । हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अम्लिस, दहकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदह लगायतका स्थानीय बढी प्रभावित बनेका छन् ।
कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख जसीराम सहानीले वर्षासँगै हिमापातले हिउँले बालीलाई राम्रो हुने बताए ।
यसैबिच , डिभिजन वन कार्यालयले वन्जयजन्तु तथा जङ्गली जनावरको चोरी सिकारी नगर्न आग्रह गरेको छ । जङ्गली जनावरको चोरी सिकारी भएमा वन ऐन अनुसार कानुनी कारबाही गरिने कार्यालयका सूचना अधिकारी सुवासचन्द्र अयडीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण