शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिहे भोजमा रसबरी घाँटीमा अड्किएर युवकको मृत्यु

सोमबार, ०२ चैत २०८२, १० : १९
सोमबार, ०२ चैत २०८२

सारांश

  • झारखण्डको जमशेदपुरमा एक विवाह समारोहमा रसबरी खाँदा एक युवकको मृत्यु भएको छ।
  • रसबरी घाँटीमा अड्किएपछि श्वासप्रश्वासमा समस्या भई अस्पताल लैजाँदा उनको निधन भयो।
  • मृत्यु हुनेमा जमशेदपुरको मलियांता गाउँका ललित सिंह रहेका छन्।

नयाँ दिल्ली । भारतको झारखण्ड राज्यस्थित जमशेदपुरमा एक वैवाहिक समारोह अचानक शोकमा परिणत भएको छ ।

बिहेको भोजमा एक युवकले रसबरी खाने क्रममा आफ्नो ज्यान गुमाएका छन् । रसबरी खाने क्रममा अचानक घाँटीमा अड्किएर सास फेर्न गाह्रो भएका उनलाई अस्पताल लगिएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार राति जमशेदपुरको मलियांता गाउँका ललित सिंह नाम गरेका युवकको मृत्यु भएको हो । बिहे भोज खाने क्रममा उनको घाँटीमा अड्किएको रसबरी निकाल्न प्रयास गर्दा असफल भएपछि तत्काल अस्पताल लगिएको तर चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप