‘परालको आगो’को ‘उडी जाऊँ भने, म पंक्षी होइन’ गीत सार्वजनिक
काठमाडौँ । आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’ को गीत ‘उडी जाऊँ भने, म पंक्षी होइन’ सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँको अभिनय देख्न सकिन्छ । आफू बसेको ठाउँ भन्दा आफ्नो माया भएको ठाउँमा जान मन भएको भाव गीतमार्फत सुहानाले भावना पोखेकी छन् ।
गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । शान्ति ठटालको संगीत रहेको गीतमा निशु शर्माको स्वर छ । गीतको शब्द रचना मन बहादुर मुखियाले गरेका हुन् । नेपाली स्रोतामाझ असाध्यै लोकप्रिय रहेको यस गीतले फेरि पनि बेग्लै छाप छोड्न सक्ने निर्माण पक्षको भनाई छ ।
यस गीतको ओर्जिनल गायिका अरुणा लामा हुन्। उनले चार दशक अघि गाएकी थिइन्। जुन गीत अहिले पनि उतिकै समय सान्दर्भिक सुनिन्छ। निर्माण टिमले अरुणा लामा समर्पित भन्दै गीतमार्फत सम्झिएको छ। यस गीतको म्युजिक एरेन्ज विनोद भुजेलले गरेका छन्।
गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय छ ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलको लगानी रहेको यस भने फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्।
लक्ष्मण सुनारले निर्देशन गरेको यस फिल्ममा सङ्कल्प भुजेलको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने सम्पादन मिलन श्रेष्ठको छ। फिल्मलाई नेपालभरको वितरण आर आर फिल्मसले गर्दैछ। ‘परालको आगो’ नाममा यसअघि ४५ वर्षअघि फिल्म बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण