बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दुई छोराछोरीसहित एक महिला बेपत्ता, भेरीको किनारमा भेटियो झोला र मोबाइल

सोमबार, ०२ चैत २०८२, ११ : ४३
सोमबार, ०२ चैत २०८२

सारांश

  • सुर्खेतमा एक महिला र उनका दुई छोराछोरी बेपत्ता भएका छन्।
  • उनीहरू आइतबार बिहान घरबाट निस्किएका थिए र भेरी नदी किनारमा उनीहरूको सामान फेला परेको छ।
  • प्रहरीले ३५ जनाको टोली बनाएर भेरी नदी आसपास क्षेत्रमा खोजी कार्य जारी राखेको छ।

सुर्खेत । सुर्खेतमा एक महिला आफ्ना दुई छोराछोरीसहित बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा गुर्भाकोट नगरपालिका—१२ पिप्लेकी ३८ वर्षीय माया कठायत, उनकी ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षका छोरा दीपक कठायत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, आइतबार बिहान ७ बजेतिर माया छोराछोरीसहित घरबाट सम्पर्कविहीन भएकी थिइन् । मायाका श्रीमान् भूपेन्द्र कठायतले बेलुका प्रहरी चौकी गुमीमा खबर गरेका थिए ।

त्यसपछि प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमाण्डमा ४ जनाको प्रहरी टोली र स्थानीयहरू खोजतलासमा खटिएका थिए । ‘घरदेखि करिब ३ किलोमिटर पर्ने भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला पर्‍यो,’ प्रहरी नायव उपरीक्षक बुढ्थापाले भने, ‘यद्यपि उनीहरूको अवस्था अझै अज्ञात छ ।’

प्रहरीले उनीहरू भेरीमा बेपत्ता भएको आशङ्का गरेको छ । उनका अनुसार, हाल भेरी नदीको आसपासको क्षेत्रमा खोजतलासको लागि ३५ जना प्रहरी तथा स्थानीय व्यक्ति मिलेर खोजतलास गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप