बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता
सारांश
- बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता भएका छन्।
- बेपत्ता हुनेमा विभिन्न उमेर समूहका व्यक्तिहरू छन्, जसमध्ये एक जनाको मृत्यु भएको आशंका गरिएको छ।
- प्रहरीले बेपत्ताहरूको खोजी कार्य सुरु गरेको छ र बर्दिया प्रहरीलाई पनि जानकारी गराइएको छ।
सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा बराहताल गाउँपालिका—१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका—८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, आइतबार बेलुका ५ बजेतिर बराहताल गाउँपालिका-२ का आसे महतराले उक्त घटनाबारे प्रहरीकहाँ जानकारी गराएका थिए । उनले आफ्नो साला नाता पर्ने ३३ वर्षीय टोपबहादुर खत्रीसहित फागुन २३ गते सिकार खेल्ने गएको तर अहिलेसम्म नफर्केको भनेका थिए ।
महतराका अनुसार उनीहरु फागुन २३ गते गाउँदेखि १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्जतर्फ सिकार खेल्न गएका थिए । ‘सँगै गएकामध्ये सुनिल समसेलीको आमाले टोपबहादुर खत्रीको मृत्यु भएको भनेर आसे महतराले प्रहरी चौकी रानीघाटमा सोमबार बिहान मात्रै जानकारी गराएकी छन्,’ प्रहरी नायव उपरीक्षक बुढ्थापाले भने । यद्यपि यसबारे यकिन भइनसकेको उनको भनाई छ ।
अहिले प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको कमाण्डमा ४ जनाको प्रहरी टोली खोजी कार्यमा खटिएको छ भने जिल्ला प्रहरी कार्यालय बर्दियालाई समेत जानकारी गराइएको सुर्खेत प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण