बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ओखलढुंगा चुनाव : जित्नेको १० लाख, हार्नेको ३१ लाख खर्च

सोमबार, ०२ चैत २०८२, १४ : ००
सोमबार, ०२ चैत २०८२

सारांश

  • नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईंटेलले ओखलढुङ्गामा ३० लाख ९९ हजार १५० रुपैयाँ चुनावी खर्च गरेको विवरण सार्वजनिक गरे।
  • लुईंटेलले चुनावी प्रचार प्रसारमा सबैभन्दा बढी खर्च यातायातमा १४ लाखभन्दा बढी गरेको बताए।
  • उनी रास्वपाका विश्वराज पोखरेलसँग ५ मतले पराजित भए भने पोखरेलको चुनावी खर्च १० लाख ३४ हजार थियो।

काठमाडौँ । ओखलढुङ्गाको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका कुमार लुईंटेलले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । 

चुनावी प्रचार प्रसारका क्रममा ३० लाख ९९ हजार १५० रुपैयाँ खर्च भएको लुईंटेलले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख छ । लुईंटेलले सबैभन्दा बढी खर्च यातायातमा भएको सार्वजनिक गरेका छन् ।

३० लाख ९९ हजारमध्ये यातायाततर्फ १४ लाख बढी खर्च भएको बताइएको छ ।  उनी रास्वपाका विश्वराज पोखरेलसँग ५ मतले पराजित बनेका थिए ।

यसैबिच जित हासिल गरेका विश्वराज पोखरेलको चुनावी खर्च १० लाख ३४ हजार रहेको छ । 

647134661_26062429390085042_4622340949594705697_n647210689_1519249763051259_5837592392525288352_n

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप