प्रिमियर लिगः ब्रेन्टफोर्ड र वुल्भ्सबिचको खेल बराबरी
सारांश
- ब्रेन्टफोर्ड र वुल्भ्सले २-२ गोलको बराबरी खेल्दै अंक बाँडे।
- ब्रेन्टफोर्डले २२औं मिनेटमा अग्रता लिए पनि वुल्भ्सले पुनरागमन गर्यो।
- खेलमा माइकल कायोडे र इगोर थियागोले ब्रेन्टफोर्डका लागि गोल गरे।
काठमाडौ । इङ्लिस प्रिमियर लिग अन्तर्गत नेपाली समय अनुसार मंगलबार बिहान भएको खेलमा ब्रेन्टफोर्ड र वुल्भ्सले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्।
ब्रेन्टफोर्डको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरेका थिए । खेलको २२ औँ मिनेटमा माइकल कायोडेले गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको १५ मिनेटपछि अर्थात् खेलको ३७ औँ मिनेटमा इगोर थियागोले गोल गरेपछि ब्रेन्टफोर्ड २–० को बलियो स्थितिमा पुगेको थियो ।
तर, पहिलो हाफ सकिनु ठिक अगाडि ४४ औँ मिनेटमा एडम आर्मस्ट्रङले गोल गर्दै वुल्भ्सलाई खेलमा फर्काउने प्रयास गरे । पहिलो हाफ २–१ को स्थितिमा सकिएको खेलको दोस्रो हाफमा वुल्भ्सले थप दबाब सिर्जना गर्यो ।
खेलको ७७ औँ मिनेटमा टोलु अरोकोडारेले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बराबरीमा टुङ्गिएको हो । दुई गोलको अग्रता जोगाउन नसक्दा ब्रेन्टफोर्ड अङ्क बाँड्न बाध्य भयो भने वुल्भ्सले पुनरागमन गर्दै एक अङ्क खोस्न सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक गतिविधि विस्तारमार्फत जीडीपी बढाउने मधेसको योजना
-
फेसबुक र इन्स्टाग्राममा विश्वव्यापी समस्या, भएको के हो ?
-
गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जाने घटे
-
लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै
-
एमालेले विज्ञहरूको ‘रोस्टर’ र ‘क्लस्टर’ निर्माण गर्दै
-
स्टार्मरको उत्तराधिकारी बर्नहमसामु बेलायत सुधारको कठिन कार्यभार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण